Comments Add Comment

अर्बपतिको कुकुरलाई उपहारः एप्पलको स्मार्ट घडी

Dog-with-watch
कुकुर भएर के भो ? यो दुनियाका करोडौँ मानिसले लगाउन नपाएको चिज लगाउन पाएपछि । चीनमा एउटा कुकुर दुनियाका करोडौँ मानिसभन्दा भाग्यमानी छ ।

सायद वांग नामको उक्त कुकुरका लागि भगवानले पनि निकै फुर्सदमै भाग्य लेखिदिए जस्तो छ । नत्र एउटा नाथे कुकुरले उपहारको रुपमा दुइ दुइ वटा महंगा एप्पल घडी पाउन असम्भव नै थियो ।

चीनको यो कुकुर कुनै लरतरो मालिकले पालेको कुकुर होइन । चीनका सबैभन्दा धनी मानिसले पालेको कुकुर हो ।

अघिल्लो दुबै खुट्टामा एप्पलको स्मार्टवाच बाँधिदिएको तस्वीर उक्त कुकुरका मालिकले इन्टरनेटमा सार्वजनिक गरेका छन्, जसले नयाँ विवाद तथा चर्चा सूरु गरेको छ । यसरी कुकुरलाई दुइवटा बहुमूल्य एप्पल घडी उपहार दिएर तस्वीर सार्वजनिक गर्ने चिनिया धनाढ्य वांग जियालिन हुन् ।

उनको घरमा पालेको साइबेरियन हस्की प्रजातिको वांग केके नामको कुकुर छ । उक्त कुकुरलाई धनाढ्यका छोरा वांग सिकोंगले यति धेरै माया गर्छन् की उनले कुकुरका लागि २ वटा एप्पल घडी किनेर ल्याइदिए ।

वांग केके आफ्नो सानो मालिकले उपहार दिएका घडी जबरजस्ती लगाउनुपर्दा केही अचम्ममा परेको छ । रोचक त के भने उक्त कुकुरको सोसल साइट वेइबोको अकाउण्ट पनि छ । दुइवटा सुन लेपन गरिएका स्मार्ट घडी लगाएको कुकुरका तस्वीर आइफोन सिक्सले खिचेर बेइबोमा अपलोड गरेपछि हंगामा नमच्चिने कुरै भएन ।

उक्त कुकुरको फोटोमुनि लेखिएको छः म सँग दुइवटा नयाँ घडी छन् । मलाई चारवटा घडी चाहिन्छ, किनकी मेरा चार खुट्टा छन् ।

सिकोंगका बुवा वांग जियालिन चीनका सबैभन्दा धनी मानिस हुन् र उनी चीनको सबैभन्दा ठूलो रियल स्टेट कम्पनी डालियान वान्डाका अध्यक्ष हुन् । उनको सम्पत्ति ३४ अर्ब डलर छ ।

पाल्तु कुकुरलाई उपहार दिएको सुन जडित एप्पल घडीको मूल्य १० हजार देखि १७ हजार डलर सम्म पर्छ । जाबो एउटा पशुलाई लाखौँ खर्चेर घडी उपहार दिनु पैसाको घमण्ड तथा फजुल खर्च भन्दै कडा आलोचना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment