+
+
Shares

वीरगञ्ज नाका फेरि अवरुद्ध, मधेसवादी दलले गरे अवरोध

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १५ गते १९:५८

Birganj-Naka१५ माघ, पर्सा । शुक्रबार विहान केही घन्टाका लागि खुलेको वीरगञ्ज नाका मधेसवादी दलले फेरि अवरुद्ध पारेका छन् ।

लामो समयदेखि बन्द रहेको वीरगञ्ज नाका शुक्रबार विहान खुलेको थियो । विहान ५ वटा मालबाहक ट्रक भारतको रक्सौलबाट नेपाल प्रवेश गरेका थिए भने वीरगञ्जबाट चारवटा गाडी भारततर्फ गएका थिए ।

नाका खुलेको खबर सार्वजनिक भएलगत्तै मधेसी मोर्चाका कार्यकर्ताहरुले फेरि अवरुद्ध पारेका छन् । मधेसी मोर्चा र गठवन्धनका कार्यकर्ताहरुले मितेरी पुलमा टायर बालेर प्रदर्शन थालेका छन् र नाका अबरुद्ध भएको छ ।

यो पनि पढ्नुस्

वीरगञ्ज नाकाबाट गाडीहरु ओहोर- दोहोर हुन थाले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?