+
+

यस्तो राहदानीको मलेसियामा सुटिङ गरिएको वियोगान्त गीत

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १५ गते १३:०१

rahadhani

काठमाडौं । चलचित्र राहदानीको मलेसियामा छायाँकन गरिएको बियोगान्त गीत ‘जिन्दगीको गोरेटोमो…’को भिडियो सार्वजनिक गरिएको छ ।

सामाजिक सञ्जाल यु ट्युव, तथा विभिन्न टेलिभिजन च्यानलबाट यो गीतको भिडियो सार्वजनिक गरिएको निर्देशक डब्बु क्षत्रीले बताए । गीतमा दयाहाङ राई र अशोक रिजालको अभिनय गरेको छ ।

चण्डी श्रेष्ठले लेखेको यो गीतमा जुगल डँगोलको सँगीत र प्रमोद खरेलको स्वर रहेको छ । बिदेशमा रहँदा भोग्नु परेको समस्या र त्यत्तिबेला घर परिवारको सम्झनाले पिरोल्दाको पीडा यो गीतमा देखाइएको छ ।

डब्बु क्षत्रीको लेखन निर्देशन रहेको राहदानीका अन्य कलाकारमा नविन लम्साल, रुपा खनाल, सृजना सुब्बा, बिनिता घिमिरे, विधा कार्की, विकाश जोशी, मोनिका दाहाल, तेन्जिङ शेर्पा, अस्मिता बस्नेत, दिनेश दुलाल, लक्ष्मण बिक्रम बस्नेत, आयुष्मा श्रेष्ठ लगायत छन् । आउदो १२ चैतदेखि प्रदर्शन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?