+
+

नीति तथा कार्यक्रमसहित केही दिनमै ऊर्जा सङ्कटकालः अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १५ गते १८:४५

bishnu-poudel१५ माघ, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा प्रवर्द्धनका लागि आवश्यक नीति तथा कार्यक्रमसहित एक साताभित्र ऊर्जा सङ्कटकाल घोषणा हुने बताएका छन् ।

नीतिमूलक अनुसन्धान तथा विकास संस्था (इप्राड) ले आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले तत्कालीन एवम् दीर्घकालिन योजनासहित स्पष्ट उर्जा योजना घोषणा गर्ने अन्तिम तयारीमा सरकार रहेको जानकारी दिए ।

‘ऊर्जा सङ्कट के हो र यसको समाधानको उपाय के हो भन्ने बुझेर मूर्त समाधानको उपायसहित एक साताभित्र ऊर्जा सङ्कटकाल घोषणा गरिनेछ’ अर्थमन्त्री पौडेलले भने ।

मुलुकले भोगिरहेको ऊर्जा सङ्कटको स्पष्ट समाधान गर्नुपर्ने अवधारणासहितको कार्यक्रम आउने दावी गर्दै उनले ऊर्जा उत्पादनमा पछाडि पर्दा विकासले गति लिन नसकेको औंल्याए ।

सरकारले तत्काल, मध्यकाल र दीर्घकालमा गर्ने कार्यक्रमसहितस्पष्ट दृष्टिकोण सार्वजनिक गर्ने अर्थमन्त्री पौडेलको भनाइ थियो ।

कानूनी कारण जलविद्युत् उत्पादनमा समस्या आउन नदिनेसम्मको अवधारणा कार्यक्रममा सरकारको तयारी छ।

पौडेलले ट्रान्समिसन लाइन अबिलम्ब सुरु गर्ने, निर्माणधिन आयोजनालाई समयमै सम्पन्न गर्ने र विदेशी लगानीलाई आकषिर्त गर्ने ध्यान दिनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?