Comments Add Comment

जर्मन नेतृले भनिन्- आवश्यक परे प्रवासीहरुलाई गोली हान्नुपर्छ

frauke petry, afp

१७ माघ, काठमाडौं । जर्मनीका एक दक्षिणपन्थी पार्टीकी नेतृले अवैध रुपमा आफ्नो देशमा प्रवेश गर्न खोज्ने प्रवासीहरुलाई आवश्यक परे गोली हान्नुपर्ने बताएकी छन् ।

युरोस्केस्टिक अल्टरनेटिभ फ्यूर ड्युचल्याण्ड (एएफडी) पार्टीका प्रमुख फ्राउके पेट्रीले एक स्थानीय पत्रिकासँग भनेकी छन्, म पनि यो चाहन्न । तर, अन्तिम उपाय त सैन्य बल नै हो ।’

उनको अभिव्यक्तिको वामपन्थी पार्टी र जर्मन पुलिस युनियनले निन्दा गरेका छन् ।

गतवर्ष जर्मनीमा १० लाखभन्दा बढी प्रवासी आएका थिए । तर, त्यहाँ प्रवासीहरुको वस्तीमा आक्रमणको घटना २०१४ को तुलनामा पाँच गुणा बढेर १००५ पुगेको छ ।

शनिबार जर्मन चान्सलर एन्गेला मर्केलले सिरिया र इराकबाट आएका धेरै प्रवासीहरु उनीहरुको देशमा लडाइ सकिएपछि र्फकने बताएकी छन् ।

आफ्नो सीडीयू पार्टीको एक सम्मेलनमा उनले नयाँ कानूनका कारण जर्मन आउने प्रवासीको संख्या घट्ने बताइन् । तर, फेरि पनि युरोपीय समाधान आवश्यक रहेको उनले बताएको बीबीसीले जनाएको छ ।

म्यानहाइमर मर्गन नामक पत्रिकासँगको कुराकानीमा दक्षिणपन्थी पार्टीकी चर्चित नेृत पेट्रीले भनेकी छन्, अवैधरुपमा अष्ट्रियाबाट आएका प्रवासीहरुलाई पुलिसले रोक्नुपर्छ । र, आवश्यक पर्छ भने बन्दुकको पनि प्रयोग गर्नुपर्छ ।’ उनले अघि भनिन्, कानूनले यही भन्छ ।’

-बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment