Comments Add Comment

यु १९ विश्वकपः भारतसँग नेपाल सात विकेटले पराजित

India u19 team

  • नेपालबिरुद्धको खेलमा विजयी भएपछि खुसी साट्दै भारतीय खेलाडीहरु । तस्वीरः आइसीसी

१८ माघ, काठमाडौं । अण्डर नाईन्टिन विश्वकप क्रिकेट अन्तर्गत समूहको अन्तिम खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १७० रनको लक्ष्य भारतले ३ विकेट गुमाएर मात्र १८.१ ओभरमा पुरा गर्‍यो ।

सुरुवातदेखि नै आक्रामक बनेको भारतका लागि ओपनर रिशव पन्तले २४ बलमा ७८ रनको विष्फोटक पारी खेले । प्रेम तामाङको वलमा बोल्ड हुनुअघि उनले ९ चौका र ५ छक्का प्रहार गरे ।

अर्का ओपनर इशान किसानले पनि ५२ रनको अर्धशतकीय पारी खेले । भारतका लागि सर्फराज खानले २१ रन थपे । भारतीय इनिङमा १८ चौका र ८ छक्का प्रहार भएको थियो ।

यसअघि मिरपुरस्थित शेर ए बंगला रंगशालामा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४८ ओभरमा ८ विकेट गुमाएर १६९ रन मात्र जोड्न सक्यो ।

नेपालको ब्याटिङमा ओपनर सन्दिप सुनार, आरिफ शेख, राजवीर सिंह र प्रेम तामाङको योगदान महत्वपूर्ण रहृयो । सुनारले नेपालका लागि सर्वाधिक ३७ रन बनाउदा आरिफले २६, राजवीरले ३५ र प्रेम तामाङले अविजित २९ रन नेपालको खातामा जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बलियो प्रतिद्वन्दी भारतबिरुद्ध सुरुवातदेखि नै नेपाल कमजोर देखिएको थियो । नेपालले पहिलो विकेटका रुपमा सुनील धमलालाई पहिलो ओभरमै शून्य रनमा गुमायो । त्यसपछि आएका योगेन्द्र सिंह कार्कीले पनि ७ रनमात्र बनाउन सके । कप्तान राजु रिजालको प्रदर्शन यसपटक चुके । उनी ६ रनको व्यक्तिगत स्कोरमा पेविलियन फर्किए ।

पााचौं नम्बरमा व्याटिङ गर्न आएका उपकप्तान आरिफ शेखले २६ रन जोड्दै टिमलाई उकास्ने प्रयास गरे । उनले राजवीर सिंहसाग मिलेर २८ रनको साझेदारी गरे । दीपेन्द्र ऐरी र कुशल भुर्तेल क्रमशः १ र ६ रनको व्यक्तिगत स्कोरमा पेविलियन र्फकदा प्रेम तामाङले इनिङको अन्त्यतिर केहि सटहरु खेल्दै नेपालको स्कोर अलिकति माथि उठाए ।

पराजयका बाबजुद नेपाल बिश्वकपको समूह डी बाट उपबिजेता बन्दै क्वाटरफाइनलमा प्रबेश गरेको छ । नेपालले सेमिफाईनल प्रबेशको लागि समूह ए को बिजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment