Comments Add Comment

गाँजा खोज्ने चक्करमा हिडेका यूवाको कथामा बन्ने भो ‘गाँजाबाजा’

barsha-and-sushil
यस अगाडि चलचित्र ‘मञ्जरी’ निर्देशन गरेका निर्देशक गणेशदेव पाण्डेले अब फरक कथामा ‘गाँजा बाजा’ बनाउने भएका छन् । यो चलचित्रको छायांकन फागुन १ गतेबाट सुरु हुँदैछ ।

नाम सुन्दा नै अनौठो लाग्ने यो चलचित्रलाई कमेडी जनरामा निर्माण गरिनेछ । निर्देशक पाण्डेले नै लेखेको यो चलचित्रमा २ यूवाको कथा समावेश छ ।

देशको बर्तमान अवस्थाका कारण लक्ष्यहिन रहेका २ यूवा र उनीहरुको गाँजा खोज्ने चक्करलाई चलचित्रले देखाउने छ । निर्देशक पाण्डेले भने-‘बेरोजगार २ यूवा गाँजा खोज्न हिड्छन् । तर, यही चक्करमा उनीहरुको बाजा बज्छ । चलचित्रलाई कमेडी शैलीमा रमाइलो तरिकाले प्रस्तुत गर्नेछौ ।’

काठमाण्डौ भित्र नै बस्ने यूवाको कथा भएकाले यसलाई काठमाण्डौकै लोकेशनमा खिचिनेछ । चलचित्रलाई हलिउडमा काम गरेका छायांकार याकोपो रास्लिकले खिच्नेछन् । यस्तै, कार्यकारी निर्माताको रुपमा नेदरल्याण्डका चेन्सेल इलुना छन् भने यसमा संगीत भारतका निका र जटाले दिदैछन् ।

निर्देशक पाण्डेले हलिउडबाट नेपाली चलचित्र खिच्नका लागि छायांकार आउनु आफैमा खुशीको कुरा भएको बताए । चलचित्रमा सुशिल सिटौला, अनुपम शर्मा, बर्षा सिवाकोटी, रविन थापा मुख्य भूमिकामा रहनेछन् । सुशिल र अनुपमको वरिपरी चलचित्र घुम्नेछ । फ्लाइङबाबा, टुका इन्टरटेन्मेन्ट र काबिल सिनेमाको ब्यानरमा यो चलचित्र निर्माण हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment