Comments Add Comment

प्रधानमन्त्री ओलीले भने-अनन्तसम्म नेपाल स्वाधीन रहनेछ

KP OLi
१८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता र स्वाभिमानको मामिलामा नेपालीहरु कहिल्यै कमजोर नबन्ने बताएका छन् ।

नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानले गरेको बाल राष्ट्रिय गीत सम्मेलनमा बोल्दै ओलीले नेपालका हरेक पुस्ताका मानिसमा राष्ट्रियताका विषयमा समान धारणा रहेको बताए ।

उनले सबै उमेर समूहका नागरिकले पनि राष्ट्रिय स्वाधिनतालाई आफ्नो गौरबका रुपमा स्वीकार्ने गरेको उल्लेख पनि गरे ।

‘संसारका धेरै शक्तिशाली देश उपनिवेसको चपेटामा पर्दा पनि नेपाल जोगियो’ प्रधानमन्त्री ओलीले भने ‘इतिहासदेखि हाम्रा पुर्खा राष्ट्रि्र्र्रय स्वाधिनता रक्षाका लागि कोहीसँग झुकेनन् । अब पनि यो देश अनन्तसम्म स्वाधिन नै रहनेछ ।’

देशको भुगोल सानो ठुलो भएपनि स्वाभिमान सानो ठुलो नुहनेे प्रधानमन्त्री ओलीको भनाइ थियो । स्वाधिनताका बारेमा नयाँ पुस्ता अझ बढी सचेत देखिएको उनले बताए ।

‘हाम्रो राष्ट्रिय एकता र सामाजिक सद्भाव भड्काउन दुषित बिचार पनि प्रवाह हुँदैछन्’ उनले भने ‘तर नेपालीमा दुषित बिचार ग्रहण नगर्ने महानता छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment