Comments Add Comment

यू-१९ विश्वकपः नेपालले बंगलादेश प्रतिद्वन्द्वी पायो

Nepal-u-19-team

१९ माघ, काठमाडौं । यू-१९ विश्वकप क्रिकेटको क्वाटरफाइनलमा नेपालले बंगलादेश प्रतिद्वन्द्वी पाएको छ ।

मंगलबार बंगलादेशले समूह चरणको अन्तिम खेलमा नामिबियालाई ८ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको नामिबिया ३२.२ ओभरमा ६५ रनमा अलआउट भयो ।

६६ रनको सामान्य लक्ष्य बंगलादेशले मात्र १६ ओभरमा २ विकेट गुमाएर भेट्टायो । जितसँगै बंगलादेश समूह एको विजेता बनेको छ भने नामिबिया उपविजेता भएको छ ।

नेपाल र बंगलादेशबीचको क्वार्टरफाइनल खेल फेब्रुअरी ५ मा मीरपुरमा हुनेछ ।

नेपाल समूह डीको उपविजेता हो । समूह चरणको पहिलो खेलमा न्यूजिल्याण्ड र दोस्रो खेलमा आयरल्याण्डलाई हराएको नेपाल भारतसँग भने पराजित भएको थियो ।

समूह ए को उपविजेता नामिबियाले भने क्वार्टरफाइनलमा समूह डीको विजेता भारतसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment