+
+

भोलि ३१ देखि ४५ लटका बाइकले तेल पाउने (पम्पको सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ २१ गते १०:५३

Petrol Line
२१ माघ, काठमाडौं । नेपाल आयल निगमले शुक्रबार पनि निजी मोटरसाइकललाई पेट्रोल वितरण गर्ने  भएको छ ।

शुक्रबार काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा ३१ देखि ४५ लटका मोटरसाइकललाई पेट्रोल वितरण गर्न लागिएको हाे ।

फेरि सोमबार त्यसभन्दा माथिका लटका मोटरसाइकललाई तेल भर्न दिने निगमको योजना छ । यसअघि बुधबार निगमले १ देखि ३० नम्बर लटका मोटरसाइकल र स्कुटरले तेल पाएका थिए ।

त्यसलगत्तै मौज्दातको अवस्था हेरेर कारलाई पनि पेट्रोल दिने आयल निगमको योजना छ । शुक्रबार काठमाडौंका ५१ वटा पम्पबाट निजी मोटरसाइकल र स्कुटरले ५ लिटरका दरले तेल भर्न पाउनेछन् ।

तेल भर्न जाने सवारीको ब्लु-बुक अनिवार्य रुपमा नवीकरण भएको हनुपर्नेछ । बिहान ९ बजेदेखि नै पम्पहरुमा तेल वितरण सुुरु हने आयल निगमले निकालेको सूचनामा उल्लेख छ ।

भोलि तेल वितरण हुने पम्पमा आज नै तेल पठाइनेछ । आयल निगमले अब लट तोकेर कार र मोटरसाइकललाई नियमित रुपमा तेल दिने जनााएको छ ।

भाेलि निजी मोटरसाइकललाई पेट्रोल वितरण हुने  पम्पकाे सूची

ms-bike-22-1ms-bike-22-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?