Comments Add Comment

बुटवलमा हुने कृषि मेलाको तयारी पूरा

butwal-krisi-mela२१ माघ, बुटवल । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा भोलि देखि हुन लागेको छैटौं कृषि मेलाको तयारी पूरा भएकोे छ ।

बुटवल उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा मेला हुदै छ ।

मेला शुक्रबारदेखि ६ दिनसम्म सञ्चालन हुनेछ । बुटवल-१२ रामनगरस्थित बुटवलमण्डपमा हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष महेशमान सिंहले जानकारी दिए ।

मेलामा बैकल्पिक उर्जा प्रदर्शनीलाइ प्राथमिकतामा राखिएको छ ।

मेलामा १ सय २५ स्टल रहनेछन् । मेलाको करीब १ लाख २५ हजार दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेका छन् ।

मेलामा माटो परीक्षण शिविर, उन्नत जातका बीउबिजनको विक्री वितरण, बोटविरुवा स्वास्थ्य परीक्षण, वैकल्पिक ऊर्जालाई विशेष प्राथमिकता दिइएको छ । मेलामा ४५ जिल्लामा उत्पादित कृषि उपजको प्रदर्शनी रहने छ । संघले २०६२ सालदेखि कृषिमेला आयोजना गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment