Comments Add Comment

राष्ट्रपतिका ६ जना विज्ञ नियुक्त

Bidhya-Bhandari

२१ माघ, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले ६ जना विज्ञ नियुक्त गरेकी छन् । उनले बिहीबार ६ जनालार्इ विज्ञ पदमा नियुक्त गरेकी हुन् ।

राजनीतिक विज्ञमा सुशिल प्याकुरेल, परराष्ट्र विज्ञमा पूर्व परराष्ट्र सचिव एवं राजदूत डा. मदनकुमार भट्टराई र प्रेसमा बरिष्ठ पत्रकार माधव शर्मा नियुक्त भएका छन् ।

त्यस्तै, महिला सशक्तिकरण विज्ञ डा. मिना आचार्य, अर्थ-राजनीतिमा धनहर्क राई र कृषी, पर्यटन विज्ञमा जगन्नाथ महासेठ नियुक्त भएको राष्ट्रपति कार्यालयले जनाएको छ । सबैलाई राज्यमन्त्री सरह सेवा सुविधा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment