Comments Add Comment

यूवती तयार हुँदा पनि म सेक्समा जान सक्दिनँः अनमोल केसी

anmol-kc
चकलेटी नायक अनमोल केसीका हजारौ फ्यान छन् । अनमोल केसीलाई हेर्नकै लागि उनको घर वरिपरी यूवतीको भिड नै लाग्छ । संभवत, यस्तो क्रेज बनाउने अनमोल एक मात्र कलाकार हुन् । धेरैलाई लाग्न सक्छ, यूवतीले धेरै पछ्याउने अनमोल प्लेब्वाई छन् ।

तर, चकलेटी नायकले आफू यूवतीको मामलामा केही फरक भएको बताएका छन् । ५-६ क्लासमा पढ्दा स्कुलमा प्रेमिका बनाउने लहर नै चल्दा आफूले पनि प्रेम गरेको उनले बताएका छन् । तर, उनले यसलाई प्रेम नभएर फेसन भनेका छन् ।

उनै अनमोलले आफ्नो शारीरिक सम्बन्धको कमजोरी खुलाएका छन् । कान्तिपुर साप्ताहिकसँग कुरा गर्दै अनमोलले भने-‘मेरो कमजोरी के छ भने कुनै यूवती तयार भैहालिन् भने पनि म सेक्समा जान सक्दिनँ । कम्तीमा २-४ बर्ष संगत गरेको हुनुपर्छ ।’

अनमोललाई बाहिरबाट हेर्दा धेरैलाई लाग्न सक्छ, उनी झुटो कुरा गर्दैछन् । तर, अनमोलले आफू पार्टी जान, डेटिङ जान भन्दा पनि घरमै चलचित्र हेरेर, म्यूजिक सुनेर बस्न रुचाउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment