Comments Add Comment

ओट नलगाउँदा ट्याक्सी आफै कुद्यो छ घाईते, एकको अबस्था गम्भिर

रविन भट्टराई

२३ माघ, ताप्लेजुङ । रोकेर राखिएको ट्याक्सी दुर्घटना हुँदा ताप्लेजुङमा हुँदा छ जना घाइते भएका छन् । ताप्लेजुङ सदरमुकामबाट खाम्दिने स्थित हप्पुखोलाका लागि छुटेको ट्याक्सी चेक पोइन्टमा रोकेको समयमा पाछाडि सरेको थियो ।
taxiघाईते मध्ये एक महिलाको अवस्था गम्भिर छ । मेची राजमार्ग अन्तर्गत नाङ्खोल्याङ स्थित मेवाखामा रहेको प्रहरी चेक पोईन्टमा रोकि राखेको मे १ च २४०६ नंबरको ट्याक्सी ओट नलगाएका कारण पछाडि सरेर सडक बाट करीव पाँच मिटर तल खसेको थियो ।

ट्याक्सीमा सवार आङ्खोप ३ कि १९ वर्षीय अमृता देवान, ईलाम दानाबारी १ निवासी ३६ वर्षीय गोमा अधिकारी, ताप्लेजुङ दोखु ९ बस्ने ७३ वर्षीय दिल प्रसाद गुरुङ, खेवाङ ४ निवासी ७५ वर्षीय कुलकुमारी अधिकारी, उनका छोरा ४५ वर्षीय अनन्त अधिकारी र मामाखे ६ निवासी २२ वर्षीय अविरल देवान घाईते भएका छन् । घाईते मध्ये आङ्खोप ३ कि अमृता देवानको अबस्था गम्भिर रहेको प्रहरीले बताएको छ । घाईते सबैलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याईएको छ ।

ट्याक्सी चालक सवारी रोकी ईन्ट्रि गर्न निस्किएकाले ट्याक्सी पछि सरेर दुर्घटना भएको प्रहरीको भनाई छ । ट्याक्सी चालक ईलाम सुलुबुङ २ का प्रज्वल सुबेदि प्रहरी नियन्त्रणमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment