+
+
Shares

नयाँ वर्षलाई लक्षित गर्दै सिजीले ल्यायो नयाँ उपहार योजना

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १८ गते १७:५७

१८ चैत, काठमाडाैं । इलेक्ट्रोनिक्स् ब्रान्ड सिजीले यसपालीको नयाँ वर्षलाई लक्षित गर्दै आफ्नो ‘नयाँ वर्ष, नयाँ प्रविधि’ नामक नयाँ उपहार योजना ल्याएको छ ।

यस उपहार योजना अन्तर्गत ग्राहकहरुले सिजी ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी, २८ प्रतिशतसम्मको आकर्षक बचत (क्यासब्याक) तथा अन्य विभिन्न पक्का उपहारहरु प्राप्त गर्न सक्नेछन् ।

उक्त योजना अन्तर्गत ग्राहकहरुले सिजी ब्रान्डका टेलिभिजनहरुको खरिदमा ३ वर्ष सम्मको वारेन्टी तथा २८ प्रतिशतसम्मको बचत प्राप्त गर्न सक्नेछन् । सिजी ब्रान्डका रेफ्रिजरेटरहरुको खरिदमा ६० महिनाको वारेन्टी र २८ प्रतिशतसम्मको बचत प्राप्त हुनेछ ।

सिजी ब्रान्डका विभिन्न वासिङ मेशिनहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी तथा वाटर प्यूरिफायर प्राप्त हुनेछ । यसैगरि सिजी ब्रान्डका अन्य थुप्रै इलेक्ट्रोनिक्स् प्रोडक्टहरुमा पनि यस्तै आकर्षक पक्का उपहारहरु रहेको कम्पनीले जनाएको छ ।

यो आकर्षक योजना कम्पनीले चैत्र १८ देखि देशभरमा सिमित अवधिका लागि लागु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?