+
+
Shares

यी हुन् सदनसँग प्रधानमन्त्रीले मागेका ६ ऐन (सूचीसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सदनमा विचाराधीन ६ वटा विधेयक तत्काल पारित गर्न आग्रह गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते १४:१३

२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेका नयाँ नीतिहरू कार्यन्वयनका लागि विभिन्न ६ वटा ऐन आवश्यक रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूसँगको सजाल–जवाफमा सहभागी हुँदै प्रधानमन्त्रीले विभिन्न ६ वटा ऐन आवश्यक रहेको बताएका हुन् ।

उनले सदनमा विचाराधीन विधेयकहरू शीघ्र पारित गर्न सदनसँग अनुरोध गरे ।

आगामी आर्थिक वर्षका लागि सरकारले अघि सारेको नीति तथा कार्यक्रममार्फत सरकारले ल्याएका नयाँ नीति कार्यान्वयनका लागि निम्न ऐनहरू अत्यावश्यक रहेको प्रधानमन्त्रीले बताएका हुन् ।

‘हाम्रा नीतिहरू कार्यान्वयनका लागि निम्न ऐनहरू अत्यावश्यक छन्, म यस सम्मानित सदनसँग विचाराधीन विधेययकहरू शीघ्र पारित गर्न पनि विनम्र अनुरोध गर्न चाहन्छु,’ उनले भने ।

यी हुन् प्रधानमन्त्रीले उल्लेख गरेका विधेयक

– वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक ।
– संघीय निजामती सेवासम्बन्धी विधेयक ।
– नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी वल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेका विधेयक ।
– विद्यालय शिक्षा विधेयक ।
– नेपाल हवाइ सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक ।
– नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?