+
+
Shares

धोबीघाटस्थित कन्या सुरक्षा सर्कल स्तम्भको उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १८ गते १७:४७

१८ चैत, काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले कन्या सुरक्षा सर्कल स्तम्भको उद्घाटन गरेका छन् ।

काठमाडौंको धोबीघाटस्थित स्टर्लिङ अपार्टमेण्टका नजिक जैन श्वेताम्बर तेरापन्थ महिला मण्डलद्वारा निर्मित उक्त स्तम्भको उद्घाटन गर्दै यादवले जैन श्वेताम्बर तेरापन्थ महिला मण्डलले कन्या सुरक्षा, अहिंसाको सन्देश सम्प्रेषण गर्न कन्या सुरक्षा सर्कलको निर्माण गरी अत्यन्तै सह्रानीय कार्य गरेको बताए ।

कन्या सुरक्षा सर्कल स्तम्भको निर्माणले कन्या भ्रूणको रक्षादेखि कन्या स्वास्थ्य एवम् कन्याको चौतर्फी विकासमा टेवा पुग्ने प्रतिकको रुपमा यसस्तम्भको निर्माण गरिएको कुरा जैन श्वेताम्बर तेरापन्थ महिला मण्डल काठमाण्डौं (नेपाल)की अध्यक्ष रश्मी जैनले जानकारी दिई ।

उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाको उपमेयर गीता सत्याल, उक्त क्षेत्रका वडा अध्यक्ष, वरिष्ठ उद्योपतिहरु लोकमान्य गोल्छा, नरेश दुगड लगायत अन्य उद्योगपति तथा समाजसेवीहरुको उपस्थिति रहेको थिए ।

ललितपुर महानगरपालिकाको उपमेयर गीता सत्यालले कन्या भू्रण हत्या रोकथामदेखि कन्याको सुरक्षा तथा कन्याको चौतर्फी विकास गरीदेश विकासमा महिलाहरुको सहभागितालाई बढाउने हेतुले जुन स्तम्भको निर्माण गरिएको छ । यो अति नै प्रशंसनीय रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?