Comments Add Comment

हेटौँडा कपडा उद्योगका मेसिन कबाडीमा बिक्री गरिँदै

hetuda industtrial२४ माघ, काठमाडौ । कुनै बेला मुलुकमै सबैभन्दा बढी कपडा उत्पादन गरेको हेटौडा कपडा उद्योग बन्द भएको १६ वर्ष बितिसेकको छ ।

पछिल्ला वर्ष उद्योग सञ्चालनका लागि पटक पटक पहल गरिए पनि नभएपछि अन्ततः उद्योग उपकरण कवाडीमा बिक्री गरिन लागेको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

उद्योग सञ्चालनको लागि पटक पटक भएको पहल सार्थक हुन नसकेपछि उपकरण कवाडीमा बिक्री गरि जग्गा र भवनमा नयाँ उद्योग स्थापना गरिने प्रक्रिया सूरु भएको हो ।

कपडा उद्योगको सम्पत्ति र जग्गा हटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यलयको स्वामित्वमा छ । उद्योगको सम्पत्ति ०७० माघ १ देखि व्यवस्थापन कार्यालयको स्वामित्वमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment