Comments Add Comment

गायिका अरुणा लामाको सम्झना

२४ माघ, ललितपुर । गायिका अरुणा लामाको १८ औं स्मृति कार्यक्रम ‘सम्झनामा अरुणा’ सम्पन्न भएको छ । कार्यक्रममा फूललाई सोधें, लहरे वर घुमाउने चौतारी, मेरो आँखाको निद उडाई, एक्लै बस्दा, पोहोर साल खुसी फाट्यो, यति धेरै माया दिई, ए कान्छा ठट्टैमा लगायत बोलका गायिका लामाद्वारा स्वरबद्ध गीत प्रस्तुत गरिएको थियो ।

Aruna Lama Samjhanaअलग आर्ट हबका विद्यार्थी मिङ्मा तामाङ, नम्रता राई, रमेश खड्का, बबिना किराती, सजना राई, सुनिता थेगिम, शोभा परियार र सागर संसार राईले प्रस्तुति दिएका थिए ।

त्यस्तै, अतिथि गायिका आभा मुकारुङले गायिका लामाको सम्मान र सम्झनामा भेटिनु छुटिनु त के हो र ? र पार्वती राईले ‘उडी जाउँ भने म पन्छी होइन बोलको गीत प्रस्तुत गरे ।

वाद्यवादनमा पावल थुलुङ (बाँसुरी), राजकुमार समाल र नाकिमा (गिटार), यम कुमार समाल (तबला र मादल)ले साथ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment