+
+

सूर्यविनायक बनेपा धुलिखेल सडक विस्तार हुने

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ २६ गते ६:२४

Butwal-Bhairaha-Sadak-4२६ माघ काठमाडौं । भक्तपुर-काभ्रे सडकखण्डको सूर्यविनायक-बनेपा-धुलिखेल खण्ड विस्तार गरी ६ लेनको बनाइने भएको छ । जापान सरकारको सहयोगमा सूर्यवनायक-बनेपा-धुलिखेल सडक विस्तार गर्न लागिएको आजको नायाँ पत्रिकामा समाचार छ ।

सडक विस्तारका लागि डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार भइसकको सडक विभागले जनाएको छ । यही आर्थिक वर्षभित्र सडक विस्तारको काम सूरु गरिने विभागको भनाई छ ।

विभागका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले डिपिआर स्वीकृत भएलगतै निर्माण कार्य अघि बढ्ने बताए । अबको दुई महिनाभित्र डिपिआर स्वीकृत हुने अनुमानसहित निर्माण कार्य अघि बढाउने तयारी भएको छ ।

सडक विस्तारका लागि तीन अर्ब २० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यो रकम जापान सरकाले व्यहोर्ने विभागले जानकारी दिएको छ । यस्तै, सडक जापानी प्रविधिमा आधारित रहमेर निर्माण गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?