Comments Add Comment

बैंककबाट फर्किएका अनन्तले भने- सन्चो भएँ, अब सक्रिय हुन्छु

२६ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका सचिव वर्षमान पुन ‘अनन्त’ थाइल्याण्डमा उपचार गरी मंगलबार स्वदेश फर्किएका छन् । उनले आफू सन्चो भएर फर्किएको र अब केहि समय आराम गरी राजनीतिमा सक्रिय हुने बताए ।

Anantमंगलबार स्वदेश फर्किएका अनन्तले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘म सन्चो भएर फर्किएको छु । शुभेच्छुकहरुले देश र जनताप्रति जे आशा गरेर मेरो स्वास्थ्य लाभको कामना गरिरहनु भएको थियो म त्यो पूरा गर्नेछु ।’

एक महिनापछि फेरि बैंकक जाने

अनन्तका अनुसार उनलाई ‘टक्सिक हेपाटाइटिस’को पुष्टि भएको छ । फलोअपका लागि एक महिनापछि फेरि बैंकक जाने उनले सञ्चारकर्मीलाई जानकारी दिए ।

नेपाल आउँदा आउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनको खबर पाउँदा आफूलाई अत्यन्त दुःख लागेको अनन्तले बताए ।

जण्डिस बिगि्रएपछि अनन्तलाई भारतको नयाँदिल्लीमा लगेर उपचार गरिएको थियो । त्यहाँ केहि समय उपचार गरी नेपाल फर्किए पनि पुनः स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थाइल्याण्डको बैंककस्थित समितिवेज अस्पतालमा ४७ दिनसम्म भर्ना गरेर उपचार गरिएको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि पनि दुई महिना ७ दिनसम्म फलोअपका लागि अनन्त बैंककमै बसेका थिए ।

आफू विरामी हुँदा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राजनीतिक दलका नेताहरु र आम नागरिकहरुले व्यक्त गरेको चिन्ता र स्वास्थ्यलाभको शुभेच्छा गरेको भन्दै उनले प्रशंसा गरे ।

सभामुख ओनसरी घर्ती पनि अनन्तसँगै बैंककबाट मंगलबार स्वदेश फर्किएकी छन् । अनन्तलाई लिन दुई साताअघि घर्ती बैंकक गएकी थिइन् ।

अनन्तलाई स्वागत गर्न एमाओवादीका नेताहरु जनार्दन शर्मा ‘प्रभाकर’, लिलामणि पोख्रेल, नारायण दाहाल लगायतका नेता-कार्यकर्ताहरु विमानस्थल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment