Comments Add Comment

कक्षा ११ र १२ को परीक्षा फारम भर्ने मिति फागुन १५ सम्म

२९ माघ, काठमाडौं । उच्च माध्यामिक शिक्षा परिषदले आगामी २०७३ बैशाख जेष्ठमा लिने कक्षा ११ र १२ को बाषिर्क परीक्षाको लागि परिक्षा फारम भर्न छुटाउनु भएको छ ?  छ भने अब ढिलो नगर्नुस् ।

HSEBकक्षा ११ र १२ का नियमित तथा आंशिक परिक्षार्थीका लागि नियमित प्रक्रियाबाट फारम गर्ने आज शुक्रबार अन्तिम दिन हो ।

परिषदका अनुसार फागुन १५ गतेसम्म बिलम्व शुल्क तिरेर फारम भर्न सकिनेछ । कक्षा ११ को मौका परिक्षामा सहभागि भएकाहरुको हकमा भने पुनः अनुत्तिर्ण भएमा फाल्गुन २३ गतेसम्म बिलम्ब शुल्करहित परिक्षा फारम भर्न सकिनेछ ।

मौका परीक्षा शुक्रबार भएको छ । यसको परीक्षाफल छिट्टै प्रकाशन गर्न उच्च माध्यामिक शिक्षा परिषदले तयारी गरेको छ ।

त्रिवि उप-प्राध्यापकको लिखित परिक्षा फाल्गुन २५ देखि

यस्तै त्रिभुवन बिश्वबिद्यालय अन्तर्गतको सेवा आयोगको कार्यलयले बिश्वबिद्यालयको उप-प्राध्यापकका लागि खुल्ला प्रतिस्पर्धातर्फ लिखित परिक्षा फाल्गुन २५ गतेदेखि चैत्र ११ सम्म सञ्चालन गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment