Comments Add Comment

‘रोमियो’कि ओसिमा, फेशन दुनियाँबाट चलचित्रकी नायिका

oshima-limbu-romeo
निर्माता तथा नायक हसनराजा खानले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘रोमियो’मा काम गर्ने पक्का भएपछि फेसन डिजाइनर ओसिमा बाँनु खुशी छिन् ।

नेपाली चलचित्रमा अहिलेसम्म मुस्लिम यूवतीले नायिकाको रुपमा काम गरेका छैनन् । ओसिमा अब यो चलचित्रबाट नायिकाको रुपमा पर्दामा देखिदैछिन्, जसलाई आफ्नो भूमिकाले मन छोएको छ ।

सुमन घिमिरेले निर्देशन गर्न लागेको यो चलचित्रमा ओसिमासँगै अर्की एक मुख्य नायिकाको पनि आवश्यकता छ, जसको खोजी भैरहेको निर्माता तथा नायक हसन खान बताउँछन् । एचआरके प्रोडक्शनले निर्माण गर्न लागेको यो चलचित्रमा काम गर्न  पाउँदा खुशी भएकी ओसिमाले अनलाइनखबरसँग भनिन्-‘हसन र मेरो चिनजान पहिले देखि नै थियो । मलाई चलचित्र खेल्छु नै भन्ने थिएन तर यसको अफर आएपछि नाई भन्न सकिन ।’oshima-limbu-1
समय अनुसार आफू स्टाइलिस्ट हुने बताउँदै यी डेब्यू सुन्दरीले भनिन्-‘३-४ वटा चलचित्रको अफर आए पनि मैले आफ्नै फेशनको दुनियाँलाई अगाडि बढाएको थिएँ । तर, अब भने निरन्तर चलचित्र गर्नुपर्छ भन्ने सोच आएको छ ।’
‘हाउस अफ फेसन’ संचालन गरेर बसेकी ओसिमाका लागि यो चलचित्रमा चुनौती पनि छ ।

चलचित्रकी मुख्य नायिका र उनको अभिनय जसको दमदार हुनेछ, उसले नै क्लिक हुने मौका पाउने निश्चित छ । नायक हसन खान आफूहरुले दुबै क्यारेक्टरका लागि बराबरको कथा तयार पारेको बताउँछन् । फागुनको अन्तिमबाट छायांकनमा जाने यो चलचित्रको कथावस्तुका लागि अहिले निर्देशक सुमन घिमिरे लागिपरेका छन् । चलचित्रमा समावेश ३ वटा गीत उत्कृष्ट बनेको र गीतले बजारमा तहल्का मच्चाउने विश्वास हसनको छ । oshima-limbu
यसअघि ‘अलबिदा’ बनाएर केही रकम घाटा लागेपनि आफूले चलचित्र क्षेत्र र बजार बुझेर यो चलचित्र निर्माण गर्न लागेको हसनको भनाई छ । यो चलचित्रको शिर्ष भूमिकामा भने हसन आफै देखिदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment