Comments Add Comment

बागमती किनारमा मापदण्ड विपरित बनेका घर भत्काइयो

sadak-bistar
८ फागुन, काठमाडौं । बानेश्वर सहयोगीनगरको बागमती नदी किनार क्षेत्रमा महानगरपालिकाले तोकेको मापदण्ड विपरित बनाइएका केही भौतिक संरचना शनिबार भत्काइएको छ ।

सडक विभाग र काठमाडौँ महानगरपालिकाको अगुवाईमा त्यस क्षेत्रमा आजैमात्र २२ वटा भौतिक संरचना भत्काइएको हो ।

बागमती नदीको पश्चिम किनारा क्षेत्रमा रहेका दुई वटा कलेजसहित विहार र रेष्टुरेन्ट पनि भत्काइएको छ ।

भिएस् निकेतन, पेन्टागन कलेज, विश्व शान्ति विहारलगायत निजी भवन र पर्खाललाई डोजरले गल्र्याम्म पारेको थियो ।

सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा भत्काउने कार्यलाई तीव्र पारेको देखेपछि भत्काउन बाँकी घरका घरधनीले हाम्रो घर आफै भत्काउछौँ, केही समय दिनुस् भनी कबुल गरेपछि बाँकी भौतिक संरचना हटाउने काम रोकिएको थियो ।

मापदण्ड विपरित बनाइएका ती संरचना भत्काउन डोजर अघि बढिरहँदा केही स्थानीय व्यक्तिले प्रतिवाद गर्न खोजेपनि त्यो विरोधलाई कसैले समर्थन गरेको देखिएन ।

सरकारले सडक, नदी र सार्वजनिक जग्गा मिचेर नियमविरीत बनाएको संरचनालाई भत्काउने कार्यलाई केही सयमदेखि निरन्तरता दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment