Comments Add Comment

मुखभित्रै चुरोट पडि्कएपछि खुस्किए दाँत

cigarette

धुम्रपानका कारण मुख, फोक्सो लगायतको क्यान्सर भएको त सुनिएकै हो । तर चुरोट खाँदा पडि्कएर मानिसको दाँत नै झरेको कुरा चाहीँ सुनिएको थिएन । जर्मनीमा भने हालै यस्तो घटना भएको छ । चुरोट तानिरहेको बेला चुरोटको खिल्ली पडि्कँदा एकजना युवकको मुखमा गम्भीर चोट लागेको छ भने केही दाँत खुस्किएर झरेका छन् ।

समाचार अनुसार ती युवकले इ सिगरेट पिइरहेको बेला इ सिगरेटको ब्याट्रीमा विस्फोट भएको हो । २० वर्षका नाम नखुलाइएका ती युवकले इ सिगरेटबाट धुवाँ तानिरहेका थिए जतिबेला त्यो विस्फोट भयो । विस्फोटबाट उनको अनुहारमा घाउ भएको छ भने मुखभित्र पनि गम्भीर चोट लागेको छ, केही दाँत झरेका छन् ।स्मरण रहोस् पछिल्लो समय इ सिगरेटबाट दुर्घटना भएका

समाचार बढिरहेका छन् । केही समय पहिले मात्र एक महिला पनि यस्तै इ सिगरेट विस्फोटनको सिकार भएकी थिइन् । किर्बी शिन नामकी २४वर्षकी ती महिलाले इ सिगरेट तानिरहेको बेला विस्फोट हुँदा उनको अनुहारमा चोट लागेको थियो । धन्य उनको आँखा बच्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment