Comments Add Comment

आफैंले उडाएर क्यानडाबाट ल्याएको जहाजले लग्यो पाइलट रोशनलाई

Roshan-Manandhar

१२ फागुन, काठमाडौं । पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको बिमान बुधबार दुर्घटनामा हुँदा पाइलट रोसन मानन्धरसहित २३ जना पारे ।

तारा एयरका अनुभवी र पुराना पाइलट रोशनले नै कल साइन ढल्-ब्ज्ज् विमान गत असोजमा क्यानडाबाट काठमाडौंसम्म उडाएर ल्याएका थिए । आफैले उडाएर नेपालसम्म ल्याएको ट्वीनअटर जहाजले बुधबार उनको ज्यानै लियो ।

बिमान दुर्घटना हुनासाथ धेरै नेपालमा थोत्रा जहाज उड्छन त्यसैले दुर्घटना हुन्छ भन्ने टिप्पणी गरे पनि यो जहाज अत्याधुनिक र केही महिना पहिलेमात्र उडान थालेको नयाँ जहाज थियो ।

तारा एयरले गत असोज ९ गते नेपाल ल्याएको थियो । भाइकिङ डिएचसी ६-४०० सिरिजको यो ट्वीनअटर विमान उत्तर अमेरिकी मुलुक क्यानाडामा बनेको हो ।

यो जहाजले छोटो उडान र अवतरण (स्टल) धावनमार्ग भएका दुर्गम गन्तव्यहरु लुक्ला, फाप्लु, जोमसोम, डोल्पा, रारा र सिमिकोटमा उडान भर्दै आइरहेको थियो ।

दुर्घटनामा परेको जहाज आधुनिक प्रविधिकले सुसज्जित भएको हुँदा सुरक्षित रहेको कम्पनीको दाबी थियो । स्टल जहाजमा यो सिरिज सबैभन्दा उत्कृष्ट भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आधुनिक एभियोनिक्स प्रणाली रहेको यस जहाजमा मौसमको अवस्था देखाउने ‘कलर वेदर रिडर’ प्रविधि जडान गरिएको थियो । साथै, जहाज र जमिनबीचको दुरी नाप्ने (EGPWS) यन्त्रका साथै आकाशमा हुन सक्ने ट्राफिक दुर्घटनाको संकेत दिने (TCAS) प्रणाली पनि यसमा रहेका छन् ।

यो जहाज विश्वका अत्यन्त दुर्गम र प्रतिकूल वातावरण शून्य डिग्री तापक्रमको अन्टार्टिका, उत्तरी अपि|mकाको उच्च तापमानको मरुभूमि एवं इन्डियन महासागरको पानीमाथिदेखि हिमालयका पहाडी भेगहरुमा उडान भर्ने क्षमताले भरिपूर्ण रहेको जहाज ल्याउँदा ताराले दाबी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment