Comments Add Comment

मार्क जुकरबर्ग दुनियाँ बदल्न चाहन्छन् कि पैसा कमाउन ?

Mark-Zuckerberg

३१ वर्षमा मार्क जुकरबर्ग विश्वका धनी र शक्तिशाली युवा हुन् । तर, अझै पनि उनलाई लाग्छ कि उनलाई ठिकसँग बुझिएन ।

बार्सिलोनामा जारी मोबाइल वल्र्ड कांग्रेसको क्रममा जुकरबर्गले ६० मिनेटसम्म पत्रकारहरुसँग कुरा गरे ।

यसअघि भारतमा फि्र बेसिक्स योजना अन्तरगत लाखौं मानिसका लागि पहिलो पटक इन्टरनेट पुर्‍याउने फेसबुकको योजनामा झड्का लोको थियो । फेसबुकको योजनालाई नेट न्यूट्रालिटीविरुद्ध मानियो ।

मार्क जुकरबर्गले यसलाई निराशाजनक कदम भनेका छन् । र, भन्छन्, यसले मलाई सिकायो कि हरेक देश फरक हुन्छ ।’

विश्व बदल्ने आफ्नो मिसनलाई गलत रुपमा बुझिएको जुकरबर्गको गुनासो छ । उनले भने, धरै मानिसलाई लाग्छ कि कम्पनीलाई कुनै कुराको मतलब छैन । मात्र पैसा कमाउनेबारे सोचेको छ ।’

Mobile

फेरि यसअघि उनले फेसबुक सुरु गर्नुको आफ्नो उद्देश्य बताए । उनले भने कि फेसबुक बनाउने उनको कुनै मनसाय थिएन । उनी त हावर्डमा मानिसहरुलाई एक अर्कासँग जोड्न चाहन्ँथे । पछि उनलाई लाग्यो कि यो सोचलाई अघि बढाउने राम्रो तरिका नेटवर्किङ साइटको व्यवसाय हो ।

मार्कले भनेका छन्, ‘जब मैले ट्वीटमा आफ्नो विचार राखेँ, त्यसमा आएको प्रतिक्रिया इरिटेशन गर्ने खालको थियो ।’

उनले अघि भने, ‘धेरै मानिसहरुलाई लाग्यो कि कम्पनीलाई पैसाको मात्र मतलब छ, जब मानिसहरुले सबै बिजनेशम्यान लोभी हुन्छन् वा सबै राजनेता भ्रष्टाचारी हुन्छन् भनेको सुन्छु, मलाई त्यो सहि लाग्दैन ।’

मार्क जुकरबर्ग किन मानिसहरुलाई आफ्नो उद्देश्य बताउन सकिँन भनेर आफूले सोच्ने गरेको बताउँछन् ।

तर, विश्वलाई कनेन्क्ट गर्ने मार्क जुकरबर्गको मिसन सत्य हो ? के यसबाट फेसबुकलाई धेरै फाइदा पनि छ ? अफ्रिकाको विकट इलाकामा ड्रोनको माध्यमबाट इन्टरनेट पुर्‍याउनु, भर्चुअल रियालिटीमा लगानी गर्नु जस्तो योजना रामोन्चकारी र महत्वपूर्ण छ ।

मार्क जुकरबर्ग सञ्चारमा अब भिडियोको प्रयोग निकै महत्वपूर्ण हुनुलाई दुरगामी सोच मान्छन् । यद्यपि यो सबै धेरै भन्दा धेरै मानिसलाई फेसबुकको दुनियाँमा ल्याउन हो, जहाँ उनको आवश्यकता पुरा हुनेछ र विज्ञापन दाताले पनि उनको प्रयोगकर्ताहरुको तथ्यांकलाई पनि हेरुन ।

यसले मार्क जुकरबर्गको ब्यापारमा पनि ठूलो फाइदा हुनेछ । यसैले जब उनी मोबाइल यद्योगलाई विकासशील देशमा मानिसहरुलाई कनेक्ट गर्नुको साटो ५जी प्रयोगकर्तामा ध्यान केन्द्रीत गरेकोमा प्रश्न गर्छन्, हलमा ताली बज्छ ।

तपाई बुझ्नसक्नुहुन्छ कि उनको भावना कति शानदार छ । या तपाई यो सोच्नसक्नुहुन्छ कि कार र फ्रिजलाई इन्टरनेटसँग जोड्नुको सट्टा मानिसलाई जोड्न ठूलो धनराशी खर्च गर्दा फेसबुकलाई धेरै फाइदा हुन्छ ।

केही मानिस यस्तै प्रश्न ऐपलका टीम कुक र एक चरमपन्थीको आइफोन अनलक गर्न अस्वीकार गरेको सम्वन्धमा पनि सोध्छन् । मार्कले टीक कुकको यो फैसलाको समर्थन गरेका छन् ।

तर, अमेरिका सरकारले अदालतको आदेशविरुद्ध ऐपलको अभियानलाई कम्पनीको मार्केटिङ रणनीति भनेको छ ।

-बीबीसी हिन्दीबाट अनुवादित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment