+
+
Shares

मुखका जिवाणुले क्यान्सरको खतरा

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन १७ गते ८:३५

mouth

मुख तथा गिँजाको रोग विभिन्न खाले स्वास्थ्य समस्याको कारण बन्नेगर्छ । पेट दुख्ने समस्यामा डाक्टरहरुले कहिलेकाहीँ मुखको दबाइ दिने गरेको तपाइँ हामीले देखेकै छौँ ।

मुखमा हुने हानिकारक जिवाणुहरुले सरीरका विभिन्न भागमा समस्या पैदा गर्दछन् । पछिल्लो एक अनुसन्धानले अझै खतरनाक तथ्य पत्ता लगाएको छ । शोधकर्ताहरुका अनुसार मुखमा पाइने एक विशेष जिवाणुका कारण अन्ननली अर्थात् इसोफ्यागसको क्यान्सर विकशित हुने खतरा हुन्छ ।

शोधका अनुसार इसोफ्यागल स्क्यामस सेल कार्सिनोमा अर्थात् अन्ननलीको क्यान्सर भएका ६१ प्रतिशत बिरामीमा पोरफाइरोमोनास जिन्जिबल नामक जिवाणु पाइने गरेको छ ।

यो जिवाणु मुखभित्र पाइन्छ । अमेरिकाको युनिभर्सिटी अफ लुइभिले स्कुल अफ डेन्टिस्ट्रीका शोधकर्ता हुजी ब्यांगका अनुसार यो जिवाणुको संक्रमण अन्ननलीको क्यान्सरको लागि नयाँ जोखिम तत्वको रुपमा रहेको छ ।

त्यसैले अन्ननलीको क्यान्सरबाट जोगिनका लागि मुखको सरसफाइमा ध्यान दिनुपर्ने र यो जिवाणुको संक्रमणबाट बच्नुपर्ने शोधकर्ताहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?