Comments Add Comment

बिहीबारदेखि भूकम्पपीडितलाई घर बनाउने रकम बाँडिने

Home 4

१७ फागुन, काठमाडौं । घर गुमाएका भूकम्पपीडितलाई सरकारले बस्ने स्थायी आवासीय भवन बनाउन अनुदान रकम वितरण थाल्ने तयारी गरेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले फागुन २० गते अर्थात बिहीबारदेखि पहिलो किस्ताको अनुदान रकम वितरण सुरु गर्न लागेको हो ।

दोलखाबाट सुरु हुने

राहत वितरणका लागि अन्तिम गृहकार्य भइरहेको प्राधिकरणका प्रवक्ता सुरेश अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । सरकारले पहिलो किस्तास्वरुप भूकम्प पीडित परिवारलाई ५० हजार रुपैयाँ दिने छ । यसको औपचारिक सुरुवात दोलखाको सिंगटीबाट गरिने प्रवक्ता अधिकारीले बताए ।सबै तयारी नटुंगिएको भन्दैे औपचारिक रुपमा मिति घोषणा नगरिएको हो ।

सिंगटी, बैशाख २९ गतेको पराकम्पबाट दोलखाको सिंगटीमा ठूलो धनजनको क्षति भएको ठाउँ हो । ‘सिंगटीमा औपचारिक कार्यक्रम नै गरेर पहिलो किस्ताको वितरण प्रारम्भ हन्छ’ प्रवक्ता अधिकारीले भने-‘आगामी बषर्ा अगावै सबै भूकम्प पीडितलाई घरमा फर्काउने गरी प्राधिकरणले काम गर्छ ।’

दोलखापछि क्रमशः सिन्धुपाल्चोकसहित अन्य भूकम्पप्रभावित जिल्लाहरुमा पहिलो किस्ताको रकम वितरण हुने पूनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले पहिलो चरणमा किस्ता उपलब्ध गराउने सहित विभिन्न कामका लागि सरकारसँग २५ अर्ब रुपैयाँ निकासा मागेको छ । पहिलो किस्तामा कति रकम खर्च हुन्छ भन्ने पूर्वानुमान गरिएको छैन ।’ठ्याक्कै यति रकम खर्च हुन्छ भनेर भन्न सकिँदैन । सबै जिल्लाका पीडितका हातमा चैत्र भित्र पहिलो किस्ता पुर्‍याउँछौं । त्यसपछि पूर्नर्निमाणले गति लिन्छ’ प्रवक्ता अधिकारीले भने ।

पुरानो परिचयपत्र काम लाग्दैन

पुनर्निर्माण प्राधिकरणले १४ वटा अति प्रभावित र १७ वटा समान्य प्रभावित जिल्लामा प्राथमिकताका साथ रकम वितरण गरिने बताएको छ ।’चरणवद्ध रुपमा अनुदन वितरण हुन्छ । यही मितिमा रकम बाँडेर सकिन्छ भन्ने हुँदैन । अबको २० गतेदेखि क्रमशः सबै जिल्लामा वितरणको काम सुरु हुन्छ’ अधिकारीले भने-‘सबै जिल्लामा काम सक्न २ महिनाजति लाग्न सक्छ ।’

रकम वितरणका लागि समन्वय र व्यवस्थापनको काम सम्बन्धित जिल्ला विकास समितिले गर्नेछन् । यसका लागि विभिन्न ठाउँमा क्याम्प खडा गरिनेछ । प्रभावितले नयाँ भूकम्पपीडित परिचयपत्रका आधारमा रकम बुझ्न सक्नेछन् ।

अब पुराना भूकम्प पीडितको परिचयपत्र भने काम लाग्ने छैन । पहिलेको तथ्याङ्क विश्वसनीय नभएपछि इन्जिनियर सहितको टोली खटाएर भूकम्पबाट भत्किएका घरहरुको विवरण सकंलन भइरहेको छ ।

पछिल्लोपटक घर सर्बे गर्न गएका प्राविधिकले दिएको परिचयपत्र, घरमूलीको नागरिकता र लालपूर्जा लिएर आउनेलाई क्याम्पबाट ५० हजार रुपैयाँको चेक हस्तातरण गरिनेछ ।

शिक्षक पनि खटाउने योजना

सरकारले ३ चरणमा २ लाख अनुदान उपलब्ध गराउँछ । पहिलो किस्ताको ५० हजार रुपैयाँपछि दोस्रो चरण्मा एक लाख र तेस्रो चरणमा फेरि ५० हजार पीडितले पाउनेछन् ।

त्यसपछि पीडितले सरकारको प्राविधिक सहयोग र परामर्शका आधारमा मात्रै घरको निर्माण सुरु गर्न सक्नेछन् । अनुदान रकम बाँड्ने काममा जिविसका कर्मचारी तथा गाविसका सचिव र प्राविधिकहरु खटिनेछन् । ‘सबै व्यवस्थापन कसरी गर्ने भन्ने टुंगिएको छैन । रकम बाँड्न शिक्षकहरु पनि परिचालन गर्ने भन्ने योजना बनेको । सबै अवस्था हेरेर निर्णय हुनेछ’ प्रवक्ता अधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment