Comments Add Comment

शेरबहादुर देउवा पहिलो पक्का, सभापति बन्ने सम्भावना मात्र

Sherbahadur Deuba

२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा पहिलो हुने पक्का भएको छ । तर, जित सुनिश्चित भइसकेको छैन ।

राष्ट्रिय सभागृहमा सभापतिको मतगणना चलिरहेको छ । ३ हजार मत गणना भइसकेको छ । पछिल्लो मत परिणाम अनुसार देउवाले १ हजार ४८५ मत पाएका छन् । अर्को उम्मेदवार रामचन्द्र पौडेलले १ हजार १०९ मत पाएका छन् । कृष्ण सिटौलाले भने जम्मा ३१६ मत पाएका छन् ।

देउवा पहिलो भइसके । तर, सभापति बन्ने पक्का भने भइसकेको छैन ।

निर्वाचनमा ३ हजार १४८ मत खसेको थियो । यस अनुसार सभापति बन्नका लागि कुनै पनि उम्मेदवारले १ हजार ५७५ मत ल्याउनुपर्छ । यस आधारमा हेर्दा देउवालाई अब ९० मत चाहिन्छ ।

गणना गर्न भने १४८ मत बाँकी छ । यसलरी हेर्दा देउवा जित्ने वा थोरै मतले चुनाव दोस्रो चरणमा जाने सम्भावना कायमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment