+
+

मलेसियामा नेपाली युवकले ७ महिनापछि न्याय पाए

सगै कामगर्ने मलेसियन महिलाले अनावश्यक आरोप लगाएर मुद्धा खेपिरहेका एक नेपाली युवाले सात महिनापछि न्याय पाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन २५ गते १६:१९

malesiaरामचन्द्र नेपाल

सगै कामगर्ने मलेसियन महिलाले अनावश्यक आरोप लगाएर मुद्धा खेपिरहेका एक नेपाली युवाले सात महिनापछि न्याय पाएका छन् ।

लमजुङ भार्ते गाविस ९ घर भएका कमलप्रसाद अधिकारीले सात महिनापछि न्याय पाएका हुन् । मलेसियाको एक अदालतले उनलाई गत शुक्रवार सफाई दिएको हो ।

कम्पनीमा कामका क्रममा स्थानीय महिलालाई छोइएपछि ति महिलाले, आफुलाई अनैतिक क्रियाकलाप गर्न खोजेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिईन । प्रहरीले उनलाई गतअगष्ट १२ मा पक्राउ गरेको थियो । पक्राउ परेपछि आफन्तहरु कोहि नभेटिएकाले उनले लामो समय जेलमा वस्नुपरेको थियो ।

प्रवासी नेपाली समन्वय समितिले मलेसियन वार काउन्सिलको सहयोगमा वकिलको ब्यवस्था गरेपछि कमलले न्याय पाएका हुन् । अदालतवाट निस्किएपछि कमलले भने, ‘धेरै नेपालीहरुले अनाहकमा दुःख पाएका छन् । नेपाल सरकारले श्रम गन्तब्य मुलुकमा वकिल राख्नु जरुरी छ ।’

कमल यस अघि नेपालमै एक वायोग्यास कम्पनीमा कार्यरत थिए । आईए उत्तिर्ण ३८ वर्षीय कमल यसअघि रोजगारीको लागि साउदी अरव र वेल्जियम समेत गइसकेका छन् । मलेसियामा भने उनी गतवर्षको सेक्टेम्वर ३ मा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?