Comments Add Comment

कांग्रेस महामन्त्रीमा शशांक कोइराला निर्वाचित

shasank-koirala-1

२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा बीपी पुत्र शशांक कोइराला निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी अर्जुननरसिंह केसीलाई ४ सय मतले पराजित गरे । गगन थापा तेस्रो स्थानमा रहे ।

कांग्रेसको १३औं महाधिवेशन अन्तरगत आइतबार भएको निर्वाचनको मतगणना मंगलबार भएको थियो । जसमा बीपी पुत्र शशांक १ हजार ४१७ मत ल्याएर विजयी भएका छन् ।

उनी रामचन्द्र पौडेल प्यानलका उम्मेदवार हुन् । सभापतिमा पौडेल शेरबहादुर देउवासँग पराजित भएपनि महामन्त्रीमा शशांकले देउवा प्यानलका अर्जुननरसिंह केसीलाई हराएका छन् ।

दोस्रो स्थानमा रहेको देउवा प्यानलका केसीले १ हजार १७ मत पाएका छन् । कृष्ण सिटौला प्यानलबाट उम्मेदवार बनेका गगन थापाले ५८४ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment