Comments Add Comment

कांग्रेस केन्द्रीय सदस्यको दलित कोटाः देउवा ४, पौडेल १

Man-bdr,-Min-And-Jiwan

मानबहादुर, मीन विश्वकर्मा र जीवन परियार

२९ फागुन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्यको दलितर्फ शेरबहादुर देउवा प्यानलबाट चार जना निर्वाचित भएका छन् भने संस्थापन प्यानलबाट एक जना मात्र विजयी भएका छन् ।

पुरुषतर्फ तीन केन्द्रीय सदस्यमा जीवन परियार, मानबहादुर विश्वकर्मा र मीन विश्वकर्मा निर्वाचित भएका छन् । तीन नेता अघिल्लो केन्द्रीय समितिमा पनि थिए ।

सबैभन्दा बढी मत जीवन परियारले ल्याएका छन् । रामचन्द्र पौडेल प्यानलका परियारले १४८१ मत पाएका छन् । दोस्रो स्थानमा रहेर केन्द्रीय सदस्यमा निर्वाचित मानबहादुर विश्वकर्माले १४०२ र तेस्रो स्थानमा रहेका मीनले १३१३ मत पाएका छन् ।

मानबहादुर र मीन दुबै देउवा प्यानलका हुन् । लामो समय संस्थापन समूहमा रहेका मानबहादुर विश्वकर्मा यो पटक देउवा समूहमा गएका थिए ।

महिलातर्फ भने लक्ष्मी परियार र सुजाता परियार विजयी भएका छन् । लक्ष्मी परियारले १५१९ र सुजाता परियारले १५०२ मत पाएकी छन् ।

दुबै देउवा समूहका उम्मेदवार निर्वाचित भएका छन् । लक्ष्मी नयाँ केन्द्रीय सदस्य हुन् । अघिल्लो केन्द्रीय कार्यसमितिमा रहेकी कविताकुमारी सरदार ११५० मात्र मत पाएकी छन् र केन्द्रीय सदस्यमा निर्वाचित हुन असफल भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment