+
+
Shares

ताप्लेजुङमा १६० हेक्टर बन सखाप, धुसेनीको डढेलो निभ्यो

३० फागुन, ताप्लेजुङ । ताप्लेजुङको धुसेनीमा शनिवार साँझदेखि लागेको डढेलोले १६० हेक्टर बन नष्ट भएको जिल्ला बन कार्यालयले जनाएको छ । धुसेनी जंगलको डढेलो आइतबार दिउँसोदेखि नियन्त्रणमा आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन ३० गते १६:०५

Dhuseni-Forest-Taplejung

रविन भट्टराई

३० फागुन, ताप्लेजुङ । ताप्लेजुङको धुसेनीमा शनिवार साँझदेखि लागेको डढेलोले १६० हेक्टर बन नष्ट भएको जिल्ला बन कार्यालयले जनाएको छ । धुसेनी जंगलको डढेलो आइतबार दिउँसोदेखि नियन्त्रणमा आएको छ ।

हिजो साँझबाट अकस्मात सुरु भएको आगो जंगल नजिकैको बस्तीसम्म आएपछि राति दश बजेसम्म अग्नी रेखा कोरी स्थानीय, सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले बस्ती भने जोगाएका थिए । गएराती र आइतबार विहानभर जंगलमा लागेको आगो एक तर्फको जंगल पूरै सखाप भएपछि आफै नियन्त्रणमा आएको हो ।

शनिवार साँझ करीब पाँच बजेबाट सुरु भएको आगलागीका कारण साल, उत्तिस, चिलाउने लगायतका जातका बहुमूल्य रुखबिरुवा तथा पशुपंक्षीका बासस्थान जलेर नस्ट भएको जिल्ला बन कार्यालयका इलाका प्रमुख जीवन यादवले बताए ।

एउटा बनमा एकयाममा तीन पटकसम्म आगो लाग्ने सम्भावना रहेकाले आगो नियन्त्रणमा आयो भन्दैमा अझै ढुक्क रहने अबस्था भने नरहेको यादवको भनाइ छ । पहिलोपटक लागेको आगोले रुख जलाउने र सुकाउने हुनाले पुनः आगलागी हुनसक्ने खतरा रहेको उनी बताउँछन् ।

तमोर नदी किनारबाट सुरु भएको आगो माथिबाट निभाउने सम्भावना नरहेको र ठूलो क्षेत्रफलमा फैलिएको कारण ताप्लेजुङ नगरपालिकाको दमकलको सहायतामा स्थानीय, प्रहरी र सेनाले रातभर बस्ती जोगाउने प्रयास मात्र गरेको ताप्लेजुङ नगरपालिका प्रमुख डिल्ली पौडेलले बताए ।

आगलागी क्षेत्र सदरमुकामदेखि आठ किलोमिटर टाढा छ । यस क्षेत्रमा बर्षेनी आगलागि हुने गरे पनि आगो लगाउनेको पहिचान गरी कारबाही भने हुन सकेको छैन ।
यस अघि ०६८ साल चैतमा जंगलबाट सल्किएको आगो नजिकै रहेको घरमा सल्कदा स्थानीय धनभक्त मगर र उनकी श्रीमती बुद्धिमायाको मृत्यु भएको थियो ।

ताप्लेजुङमा वर्षेनी आगलागि हुँदा अरबौँको क्षति हुने गरेको छ । सदरमुकाम पनि आगलागीको उच्च जोखिममा छ । ०६० चैत १० गते बेलुकी सदरमुकामस्थित विरेन्द्र चोकमा आगलागी हुँदा ४५ घर जलेको थियो भने ०६९ माघ २६ गते सदरमुकामस्थित शेर्पा टोलमा ८ घर, ०७० कात्तिक १८ मा टुक्रेमा आगलागी हुँदा ५ घर, र ०७१ चैत ९ मा तोक्मे बजारमा भएको आगलागीमा ४४ घर जलेका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?