+
+
Shares

न्याय परिषदले ११ न्यायाधीशको सिफारिस फेरि पठायो

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत २ गते २१:०२

२ चैत, काठमाडौं । न्याय परिषदले सर्वोच्च अदालतका ११ न्यायाधीशको सिफारिस फेरि सभामुख समक्ष पठाएको छ ।

Onsari Ghartiसभामुख वनसरी घर्तीले पछि हट्दै फेरि पत्र आए पक्रिया सुरु गर्ने बताएकै दिन सोमबार सर्वोच्चले उनको कदम संविधानसंवत नभएको भन्दै काम अघि बढाउन भनेको थियो ।

मंगलबार न्याय परिसरले पूर्व पत्र अनुसार नै काम अघि बढाउन आग्रह गर्दै थप पत्रका साथमा सिफारिस पठाएको छ ।

परिसदले फागुन १८ मा ११ न्यायाधीशको सिफारिस गरेको थियो । तर, सभामुख घर्तीले संसदीय सुनुवाइ समिति नै नभएको भन्दै सिफारिस परिसदमै फिर्ता गरेपछि विवाद भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?