Comments Add Comment

मधेसको असन्तुष्टिलाई दबाएर हुँदैनः पूर्वराष्ट्रपति यादव

Rambaran-Yadav

६ चैत, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले सरकार आन्दोलनकारी दलप्रति सहिष्णु हुनुपर्ने बताएका छन् ।

जनकपुरवासीले आयोजना गरेको होलीको शुभकामना आदानप्रदान कार्यक्रममा यादवले मुलुकमा जनतान्त्रिक गणतन्त्र नभई लोकतान्त्रिक गणतन्त्र भएकाले सबैका कुरा सरकारले सुन्नुपर्नेमा जोड दिए । ‘मधेसमा उत्पन्न असन्तुष्टिलाई दबाउन खोजेर हुँदैन । सरकार, सरकार पक्षीय दल र सरकार बाहिरका दल सबैले उनीहरुको कुरालाई सुन्नुपर्दछ’ उनले भने ।

उनले तराई र पहाडबीच अहिले ठूलो खाडल सिर्जना गर्ने प्रयास भइरहेको भन्दै त्यसलाई चिर्ने अभियान चलाउनुपर्ने आवश्यकतामा जोड दिए ।

चुरे पहाड र मधेसको जनजीवन घनिष्ट सम्बन्ध रहेको स्पष्ट पार्दै चरेको जमिन, जल र जङ्गल जोगाउन नसकेमा तराईमा काकाकुलको अवस्था आउने बतार् । उनले चुरे जोगाउनका लागि आफूले केही महिनाभित्रमा मेचीदेखि महाकालीसम्म चेतनामूलक अभियान चलाउने तयारी गरिरहेको जानकारी दिए ।

कार्यक्रममा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीले जनकपुर क्षेत्रको प्राचीन संस्कृतिलाई मुलुककै सम्पत्ति भएकाले जोगाइराख्न युवालाई आकर्षित गर्नुपर्नेमा जोड दिए ।

अर्का पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद शाहले राजनीतिक तथा सांस्कृतिक दुवै दृष्टिकोणले जनकपुर अग्रस्थानमा रहेकाले अहिलेको पुस्ताले पनि त्यसलाई कायम राख्ने विश्वास व्यक्त गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment