Comments Add Comment

जनताको नाममा निस्कियो दुई हजारको सिक्का

Rupees-two-thousands

८ चैत, काठमाडौं । राजा-महाराजाको नाममा त सिक्का निस्किएकै थिए तर नेपाली जनताको छोरोको नाममा पहिलोपटक सिक्का निस्कएको छ । त्यो पनि एक-दुई रुपैयाँको होर, दुई हजार रुपैयाँको !

सरकारले हालै सर्वमान्य नेता गणेशमान सिंहको जन्मशताव्दीको अवसर पारेर दुई हजार रुपैयाँको चाँदीको सिक्का निस्कासन गरेको हो ।

सिक्काको एकापट्टी गणेशमान सिंहको तस्वीर छ । त्यसको माथि ‘सर्वमान्य नेता गणेशमान सिंह’ र तल ‘जन्म शताव्दी १९७२-२०७२’ लेखिएको छ । सिक्काको अर्कोपट्टी विश्वको सर्बोच्च शिखर सगरमाथाको तस्वीर अंकित छ र ‘नेपाल सरकार’ लेखिएको छ ।

कहाँ पाइन्छ सिक्का ?

नेपाल राष्ट्र बैंक टक्सार विभाग सुन्धाराका विनोद तण्डुकारले स्मारिकाको रुपमा दुई हजार दरका दुई हजार वटा सिक्का निस्कासन गरिएको जानकारी दिए । उनका अनुसार यो सिक्का दैनिक चलनचल्तीमा भने आउने छैन ।

सुन्धारास्थित टक्सार बिभागबाट सिक्का साट्न पाइने छ । सिक्का नकोरियोस् भनेर कभर पनि राखिएको छ । कभरसहित सिक्कालाई दुई हजार ७६ रुपैयाँ पर्ने तण्डुकारले जानकारी दिए ।

तत्काललाई गणेशमान सिंहको तस्वीर अंकित दुई हजार प्रति सिक्का निस्कासन गरिए पनि माग बढेमा थप निकाल्ने तण्डुकारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment