Comments Add Comment

म श्रीमान् खोज्दै हिड्दिन, समाजले के भन्ला भनेर बिहे गर्दिनः प्रियंका कार्की

नायिका प्रियंका कार्कीले आफू अब बिहेका लागि श्रीमान् खोज्दै नहिड्ने बताएकी छिन् । अनलाइनखबरसँगको कुराकानीका क्रममा कार्कीले आफूले अब बिहे गर्नका लागि श्रीमान् नखोज्ने बताइन् ।priyanka karki

आफ्नो जीवनमा पनि कोही राजकुमार आउला नि भन्दै यी नायिकाले समाजलाई देखाउनका लागि बिहे पनि नगर्ने बताइन् । उनले भनिन्-‘बिहे भनेको लाइफमा स्थापित हुनका लागि र अरुले के भन्ला भनेर पनि गरिन्छ । तर, मलाई कसले के भन्छ भनेर बिहे गर्नुछैन ।’

कार्कीका अनुसार उनले बिहे गर्ने यूवकले ‘यो काम गर, यो नगर, यस्तो गर, यस्तो नगर’ भनेर आफूलाई आदेश दिन पाउँदैन । आफू आफ्नो काममा रमेको बताउँदै यी सुन्दरीले अरुलाई देखाउन, अरुसँग तुलना गर्नका लागि बिहे नरोज्ने बताइन् ।

अमेरिकाबाट श्रीमान्लाई डिभोर्स दिएर नेपाल आएपछि प्रियंका अहिले चलचित्र क्षेत्रमा सर्वाधिक व्यस्त छिन् । उनले समाजले बिहे किन नगरेकी होला भनेर कुरा काटेको आधारमै बिहे नगर्ने तर्फ संकेत गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment