Comments Add Comment

नेपाली पञ्चकन्यालाई बेलायती मिडियाले ‘भर्जिन’ भनेपछि….

९ चैत, काठमाडौं । पाटन दरवार स्क्वायर भ्रमणका क्रममा बेलायती राजकुमार हृयारीलाई स्वागत गरेको तस्वीर राख्दै द टेलिग्राफले लेख्यो-प्रिन्स हृयारीलाई नेपालमा पाँच भर्जिनहरुले भाग्य र पवित्रताको समारोहका बीच स्वागत गरे ।

केही बेलायती सञ्चार माध्यमहरुले पनि यस्तै हेडलाइन लेखे । खासमा बेलायती राजकुमार हृयारीलाई पञ्चकन्याले स्वागत गरेका थिए ।

harryinNepal

जसलाई हिन्दु धर्ममा पञ्चकन्याको अर्थ अहिल्या, द्रौपती, सीता तारा र मन्दोदरी हुन्छ । पञ्चकन्यालाई शुद्धता र पवित्रताको प्रतिकका रुपमा हिन्दु धर्ममा मानिन्छ । नेपालमा कञ्चकन्या वा पञ्च कुमारीलाई जिवित देवीको रुपमा समेत लिने गरिन्छ ।

समाचारभित्र पञ्चकन्या भन्ने उल्लेख गरिएको छ । तर, हेडलाइनमा भर्जिन भन्ने शब्द प्रयोग गरिएको छ । अंग्रेजीमा भर्निजको अर्थ कहिल्यै शारीरिक सम्वन्ध नराखेको भन्ने अर्थ लाग्छ ।

Prince Harry is welcomed to Nepal by five virgins in luck and purity ceremony.

Posted by The Telegraph on Sunday, March 20, 2016

यो समाचारको शीर्षकलाई लिएर धेरै नेपालीहरुले असन्तुष्टि जनाएका छन् । गौरभकुमारले उक्त समाचारमा कमेन्ट गर्दै ‘खराब हेडलाइन’को संज्ञा दिएका छन् र हिन्दु सँस्कृतिबारे पढ्न सुझाएका छन् ।

डा. सुधांसु केसीले ट्वीट गर्दै यसलाई लाजमर्दो बताएका छन् । अंग्रेजी उनीहरुको भाषा भएपनि उनीहरुले नै नजानेको टिप्पणी गर्दै उनले फाइभ भर्जिन लेख्नु लाजमर्दो भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment