Comments Add Comment

वालविवाह सभ्य समाजका लागि लज्जाको विषयः उपराष्ट्रपति

Nanda-Bahadur-pun९ चैत, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले दक्षिण एशियामा अझैसम्म कुसंस्कार र कुरीतिको प्रतीकको रुपमा रहेको बाल विवाह सभ्य समाजका लागि लज्जाको विषय भएको बताएका छन् ।

जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चद्वारा मंगलबार आयोजित ‘बालविवाह विषयक दक्षिण एशियाली सांसदहरुको भेला’को उद्घाटन गर्दै उपराष्ट्रपति पुनले महिलाहरुले अनुकुल समयमा आˆनो इच्छा अनुसार विवाह गर्न पाउने आधारभूत मानव अधिकारको गम्भीर उल्लंघन भएको बताए ।

नेपालमा वालविवाहको समस्या उच्च रहेको बताउँदै उपराष्ट्रपति पुनले कुसंस्कार, गरिवी र अशिक्षा बालविवाहका प्रमुख कारणको रुपमा रहेको उल्लेख गरे ।

नेपालमा ६ महिनाअघि जारी भएको संविधान विश्वकै उत्कृष्ट रहेको दावी गर्दै उपराष्ट्रपतिले समाजमा जारी यावत कुरिती तथा कुसंस्कारलाई अन्त्य गर्दै नयाँ नेपाल बनाउन राजनीति नेतृत्व प्रभावकारी बन्नुपर्ने बताए ।

बाल विवाहलाई रोक्न विगतमा थुप्रै ऐन कानून बनेपनि त्यसको प्रर्याप्त कार्यन्वयन नहुँदा बाल विवाहमा सोंचेजस्तो कमी नआएको उनले बताए । उपराष्ट्रपति पुनले बाल विवाहलाई रोक्न नयाँ संविधानले गरेको व्यवस्था र विगतमा बनेका ऐन कानुनलाई आवश्यक परिमार्जनसहित कडाईकासाथ कार्यन्वयन गर्न सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराएका छन् । भेलामा १६ देशका सांसदहरु सहभागी छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment