Comments Add Comment

सभापति स्वस्तिकाको शव श्रद्धान्जलीका लागि पीके क्याम्पसमा

swostika

१६ चैत, काठमाडौं । बाराको अमलेखगंज-६ आदाबारमा सोमबार बिहान भएको सवारी दुर्घटनामा ज्यान गुमाएकी पद्म कन्या क्याम्पसकी स्ववियु सभापति स्वस्तिकाको शव श्रद्धान्जलीको लागि पीके क्यापसमा राखिएको छ ।

नेपाली कांग्रेस उदयपुरको पूर्व महासमिति सदस्य समेत रहेकी स्वस्तिकाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि विहान ७ वजेदेखि १० बजेसम्म पद्मकन्या क्याम्पसमा राखिने कार्यक्रम रहेको र  श्रद्धाञ्जली पश्चात अाजै १० बजे पछि अार्यघाटमा  दाहसंस्कार गरिने नेपाली कांग्रेसले जनाएको छ ।

हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ४ ख ५६९६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ३ च ८०९७ नम्बरको कार हिजो  बिहान पौने ५ बजे आपसमा ठोक्किँदा उनी सहित कार चालको घटनास्थलमै निधन भएको थियो ।

दुर्घटनामा कारमा सवारसहित अन्य दुईजना गम्भीर घाइते भएका थिए । घाइतेहरुको गण्डक हेल्थ केयर वीरगंजमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment