+
+
Shares

मापदण्ड विपरितका ढक तराजु खारेज हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत १७ गते १३:४६

taraju१७ चैत, काठमाडौं । काठमाडौंका विभिन्न खुद्रा तथा थोक पसलहरुमा ढक तराजु र डिजिटल तराजुको निरीक्षण तीब्र पारिएको छ । अनुगमनका क्रममा मापदण्ड नपुगेका तराजुहरु खारेजी गर्न थालिएको छ ।

नापतौल विभाग र खुद्रा ब्यापार संघको अगुवाइमा पसलहरुमा ढक तराजुको अनुगमन गरेर नवीकरण गराउन लागिएको हो ।

प्रत्येक दुई वर्षमा ढक तराजुको पुर्नप्रमाणीकरण गराउनुपर्ने नियम छ । तर, व्यापारीहरु त्यसका लागि नापतौल विभाग नगएपछि टोलीले पसल-पसल पुगेरै नवीकरण गर्ने काम गरिरहेको छ ।

अहिलेसम्म १० वटा ढक तराजुलाई अयोग्य प्रमाणीकरण गरेर खारेज गरिएको खुद्रा ब्यापार संघका कार्यालय सचिव सिद्धिलाल श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

सही तौल नगर्ने, मापदण्डअनुसार  विपरित रहेका र उपभोक्तालाई ठग्ने नियतले बनाइएका ढक तथा तराजु खारेज भएका हुन् । कतिपय ढक तराजुमा भने तौल थपेर मात्रै प्रयोग गर्न निर्देशन दिइएको छ ।

काठमाडौंका आधाजसो पसहलहरुमा ढक तराजुको प्रमाणीकरणको काम सकिएको छ । पछिल्लो समयमा विषेशगरी डिजिटल तराजुहरुमा धेरै समस्या देखिने गरेको छ ।

विभागमा दर्ता गराएर मात्रै डिजिटल तराजु चलाउनुपर्ने नियम छ । तर, धेरै पसलले विभागसँग अनुमति पनि मागेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?