Comments Add Comment

कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छः देउवा

Ser bahadur Dauba (4)

२४ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं नवनिर्वाचित संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेसले अब संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।

दलको नेता चयनका लागि भएको निर्वाचनमा देउवाले रामचन्द्र पौडेललाई पराजित गरे । २०६ मत खसेकोमा देउवाले १३९ मत पाए भने पौडेलले ६७ मत मात्र पाएका छन् ।

निर्वाचन परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले अब सशक्त प्रतिपक्षको भूमिका खेल्ने बताए । उनले भने, प्रतिपक्षी कडा भएन भने सरकार निरंकुश हुन्छ ।’

उनले मधेसको समस्या समाधानका लागि पहल लिने बताए । साथै आन्दोलनरत पक्षले पनि आफ्नो हट छाडेर सहमतिमा आउनु पर्ने र सरकार पनि गम्भिर हुनु पर्ने उनले बताएका छन् ।

संसदीय दलका नेता देउवाले न्यायालयमा हस्तक्षेप हुन नपर्ने र राजनीतिकरण रोक्नु पर्ने उनले बताए ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment