Comments Add Comment

ओखलढुंगाको डढेलो बस्तीमा सल्कियो, ९ घर जले

Dadhelo

  • फाइल तस्वीर

३० चैत, ओखलढुंगा । ओखलढुंगाको रानीवनमा एक सातादेखि लागेको आगो नियन्त्रण नगर्दा सिंहदेवी गाविसका ९ घर जलेर नष्ट भएका छन् । डढेलोले सिंहदेवी गाविस-३ चिउरीडाँडाको खड्का बस्ती जलेको हो ।

जनपथ र सशस्त्र प्रहरीको टोलीले गाउँलेहरुलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी दिपेन्द्र शाहले जानकारी दिए ।

सिहंदेबीको नौबिसे चिउरीडाँडाबाट सल्केको आगो पँहेले र सुगुरे सामुदायिक बन हुँदै गाउँमा पसेको थियो । आगोले पसलटार लघु जलबिद्युत आयोजनाको प्रसारण लाइनमा पनि क्षति पुगेको छ । सुँगुरेमा विद्युतको पोल तथा तार जलेकाले बिद्युत आपूर्ति अवरुद्ध भएको स्थानीय शिक्षक विनोद विकले जानकारी दिए ।

डढेलोले रानीवन गाविसका लक्ष्मीटार, राजदेवल, विमिरे लगायतका सामुदायिक बनमा क्षति पुगेको छ ।

– रामहरि श्रेष्ठबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment