Comments Add Comment

दीपकराज, दयाहाङ, कोमल र शिवहरीको ‘बर्थ डे’ आज

Deepak-RAj-Giri-6
हाँस्य कलाकारद्धय दीपकराज गिरी, शिबहरि पौडेल, नायक दयाहाङ राई र गायिका कोमल वलीको आज जन्मदिन परेको छ । चलचित्र क्षेत्रका यी चर्चित पात्रहरुको जन्मदिन बर्षको पहिलो दिनमै पर्नु आफैमा संयोग हो । ‘छक्का पन्जा’को सुुटिङमा ब्यस्त दीपकराज गिरीले सुटिङमै जन्मोत्सव मनाएका छन् ।
आजदेखि ४८ वर्ष लागेका गिरीले बिहानै बल्थलीको डाँडा गाउँमा जन्मोत्सव मनाए । ‘बिहानैदेखि सुटिङ छ, साथीभाईको शुभकामना लिएर मनाएँ ।’ अनलाइनखबरसँग कुरा गर्दै दीपकराजले भने ।

उनका मित्र दीपेन्द्र खनियाँ केक उपहार लिएर सुटिङमै पुगेका थिए भने अर्का मित्र जीतु नेपाल पनि केक लिएरै सुटिङमा पुगेका थिए । ‘दीपेन्द्र जीले ल्याएको केक बिहानै काट्यौ, जीतुले ल्याएको दिउँसो काट्नु छ ।’ दीपकराजले भने ।

उनले हरेक जन्मदिनमा नराम्रा वानीहरु छाड्दै जाने गरेका छन् । त्यसकारण अब नराम्रो कुरा बाँकी नै नभएको उनी बताउँछन् । राम्रो चलचित्र बनाउने निर्माताको रुपमा स्थापित हुने योजनामा रहेका दीपकराज यसैमा प्रतिवद्ध भएर लागेको बताउँछन् ।

अर्का कलाकार शिबहरि पौडेलले पनि घरमै जन्मदिन मनाए । दयाहाङ राई कार्यक्रमको शिलशिलामा बेलायतमा छन् आजदेखि ३८ वर्ष लागेका दयाहाङले पनि साथीभाईकै विचमा जन्मो त्सव मनाउने योजना बनाएका छन् ।

dayahang-in-uk-2
कोमल वलि हरेक वर्ष जन्म दिनको बिषयमा चर्चा त गर्छिन् तर आफ्नो उमेर लुकाउँछिन् । komal-oli--main

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment