२ वैशाख, काठमाडौं । १५ वर्षदेखि थाइल्याण्डमा बस्दै आएका एक नेपालीले कोकिनभन्दा महंगो लागूऔषध एमफेटामाइनको किनबेच गर्ने अन्तर्राष्ट्रिय र्याकेट चलाइरहेको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले करिब २ महिनाको अनुसन्धानपछि धादिङ सतिदेवी घर भएका धर्म पाखि्रन यो धन्दामा संलग्न रहेको फेला पारेको हो ।
एमफेटामाइनको र्याकेट खोज्न ब्युरोले अपरेसन आइस चलाएको थियो । धादिङ सतेदेवीकै नेत्र गुरुङ र चन्द्र गुरुङलाई पक्राउ गरेपछि उनीहरुले प्रहरीसँग धर्मको नाम लिएका थिए ।
उनीहरुबाट बरामद भएको ३ सय २ ग्राम एम्फेटामाइनको बजार मुल्य ९० लाख ६० हजार रुपैंया पर्ने ब्युरोको दाबी छ । उक्त लागुऔषध सुटकेसको डण्डी र खेलौनामा हालेर नेपाल ल्याइएको थियो ।
विमानस्थलमा थापिएको ‘पासो’
करिब एक महिनाअघि अस्ट्रेलियन नागरिक रेमण्ड जोन र एक नेपाली भुपेन्द्र तामाङ ५४ किलो एम्फेटामाइनसहित अस्ट्रेलियामा पक्राउ परेका थिए ।
अस्ट्रेलियन प्रहरीले नेपाली पक्राउ परेको खबर नेपालको लागुऔषध नियन्त्रण ब्युरोलाई गर्यो । त्यहि सुचनाको अधारमा अनुसन्धान गरेको ब्युरोको टोलीले नेपालमा पनि यसको सञ्जाल भेट्टायो । एम्फेटामाइन अष्ट्रेलिया पठाउने धन्दामा सहयोग गरेको आरोपमा दुई जना पक्राउ परे ।
उनीहरुबाटै व्यूरोले थाइल्याण्डमा बस्ने गुरुङको सूचना पाएको थियो । नेपालमा पनि एम्फेटामाइनको कारोवार हुन्छ भन्ने सुचना पाएपछि प्रहरीले धर्मका मान्छेहरुलाई पक्राउ गर्न विमानस्थलमै पासो थापेर बसे ।
नभन्दै गत चैत २९ गते नेत्र र चित्र थाइल्याण्डबाट नेपाल आइपुगे । उनीहरु विमानस्थलमा आर्लिएलगत्तै ब्युरोको निगरानीमा परे पनि ३० गते मात्रै एमफेटामाइनसहित पक्राउ परेका थिए ।
को हुन् नेत्र र चन्द्र गुरुङ ?
प्रहरीका अनुसार नेत्र र चन्द्र दुवै थाइल्याण्डमा बसेर एम्फेटामाइनको र्याकेट चलाइरहेका धर्मका गाउँले दाजुभाइ हुन् । नेत्र सन् २०१२ मा पहिलोपटक थाइल्याण्ड गएका थिए । उनले थाइल्याण्डबाट म्यानमार पुगी फिलिपिन्सको बाटो हुँदै चार पटकसम्म एमफेटामाइन फिलिपिन्स, इण्डोनेसिया, अष्ट्रेलिया लगायतका मुलुकमा पठाइसकेका थिए ।
२०१२ मा म्यानमारबाट एक किलो एमफेटामाइन बोकेर फिलिपिन्स पुगेका नेत्रले ५० हजार डलर धर्मलाई ल्याएर बुझाएका थिए ।
त्यसवापत उनले पनि ६ हजार डलर पाएको अनुसन्धानबाट खुलेको ब्युरोका प्रमुख डिआइजी जयबहादुर चन्दले बताए । डिआइजी चन्द भन्छन्, ‘नेत्र धर्मका सबै भन्दा विश्वासिलो पात्रा हुन्, जसलाई धर्मले हिसाबकिताब राख्नेदेखि सबै व्यवस्थापनको जिम्मेवारी दिएका थिए ।’
नेत्रसंँगै पक्राउ परेका चन्द्र भने एमफेटामाइन बोक्न पहिलो पटक थाइल्याण्ड पुगेका थिए । करिब आधा किलो एमफेटामाइन म्यानमारबाट फिलिपिन्स पुर्याएका उनले त्यस बापत २५ हजार रुपैयाँ मात्रै पाएको प्रहरीसँगको बयानमा बताएका छन् ।
नेपालको मुख्य एजेण्ट फरार
नेपालमा बसेर भरिया खोज्नेदेखि नेपाली बजारमा एम्फेटामाइन विक्री गर्ने धर्मका भाई पुर्ण पाखि्रनलाई ब्युरोको टोलीले पक्राउ गर्न सकेको छैन । नेत्र र चन्द्रले थाइल्याण्डबाट ल्याएको एम्फेटामाइन पनि पूर्णलाई नै दिन ल्याएको बताएका छन् ।
त्यसो त धर्मलाई पक्राउ गर्न पनि ब्युरोको टोलीले थाइल्याण्डका प्रहरीहरुसँग समन्वय गरिसकेको डिआइजी चन्दले बताएका छन् । धर्मले फिलिपिन्स, इण्डोनेसिया लगाएतका देशमा समेत आफनो छुट्टै एजेण्ट तयार पारेको उनको भनाइ छ ।
के हो एमफेटामाइन ?
नेपालमा एम्फेटामाइन पहिलो पटक बरामद भएको हो । यो विश्वका निकै महंगो मध्यको लागुऔषध मानिन्छ । उत्पादन हुने एमफेटामाइन चीन, थाइल्याण्ड तथा फिलिपिन्सको बाटोबाट तस्करी हुने गरेको छ ।
पि्रकसन नामको एक रसायनबाट बन्ने भए पनि यो उत्पादनको लागि मात्रै १ सय ५० भन्दा बढी प्रक्रिया पुरा गर्नुपर्छ । उत्पादन खर्च नै बढी लाग्ने भएकोले महंगो पर्ने परेको ब्युरोका अधिकृतहरु बताउँछन् ।
प्रहरीका अनुसार एक ग्राम एमफेटामाइनको २० हजार नेपाली रुपैंया पर्छ । यति महंगो भएकोले यसको सेवन गर्ने पनि सिमित वर्गका मान्छेहरु मात्रै छन् । एमफेटामाइनको सेवनले मान्छेको थकान मेटाउने र उत्साह दिने भएकोले कलाकार, इन्जिनियर, गायक, डान्सर तथा ठुला व्यापारीहरुले यसको सेवन गर्ने गरेको ब्युरोका अधिकृतहरु बताउँछन् ।
नेपालमा कसले प्रयोग गर्छ ?
ब्युरोका अनुसार नेपालमा पनि एमफेटामाइनका दुव्र्यसनीहरु छन् । इन्जिनियर पवन हरिराज भण्डारी गत २६ गते ०.५ ग्राम एमफेटामाइनसहित पक्राउ परेका थिए ।
त्यस्तै एमफेटामाइनकै अर्का दुव्र्यसनी पोखराका सुरजप्रसाद गौचन पनि पटक-पटक पक्राउ परिसकेका छन् । उनी अहिले पनि ब्युरोकै हिरासतमा छन् । हरिराज र सुरज पक्राउ परेपछि नेपालमा पनि एमफेटामाइनको प्रयोगकर्ता भएको खुलेको हो ।
 
                









 
                     
                                
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4