Comments Add Comment

आन्दोलन छाडेर वार्तामा आउन मधेसी मोर्चालाई एमालेको आहृवान

UML Party Office Dhumbarahi३ वैशाख, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले मधेसी मोर्चालाई आन्दोलन छाडेर वार्तामा आउन आहृवान गरेको छ ।

शुक्रबार सकिएको एमाले केन्द्रीय कमिटीको बैठकले वार्ता र सम्वादमार्फत शान्ति र समझदारीको प्रक्रियामा सहभागी हुन मधेसी मोर्चा लगायत सम्बद्ध सबैलाई आग्रह गरेको छ । संविधानको कार्यान्वयनसँगै मुलुक शान्ति, स्थायित्व र समृद्धिको लक्ष्य हासिल गर्ने चरणमा प्रवेश गरेको र कुनै पनि राजनीतिक मतभेद वा समस्या वार्ताका माध्यमबाट समाधान गर्न सकिने संवैधानिक र राजनीतिक आधार निर्माण भएको एमालेको ठहर छ ।

एमालेले मधेसमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएकाको परिवारलाई राहत, घाइतेको उपचार खर्च दिन र राजनीतिक प्रकृतिका मुद्दाहरू फिर्ता गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

एमाले केन्द्रीय कमिटीको बैठकले राष्ट्रियताका सन्दर्भमा सरकारले लिएको अडानको समर्थन गरेको छ । विनाशकारी भरुकम्पबाट देश गम्भीर संकट झेलिरहेका बेला नाकाबन्दी गर्नु भूपरिवेष्ठित राष्ट्रका हैसियतले नेपालले उपभोग गर्न पाउनुपर्ने निर्वाध पारवहन हक र अन्तर्राष्ट्रिय सम्बन्धका मान्य सिद्धान्त र प्रचलन विरुद्ध भएको बताएको छ । बैठकले भनेको छ, पार्टी स्थायी कमिटी र नेपाल सरकारले राखेको अडानको यो बैठक पूर्ण समर्थन गर्दछ ।’

एमालेले स्थानीय निकायको चुनावको मिति तोक्न सरकारको ध्यानाकर्षण गराएको छ र निर्वातनका लागि तत्पर रहन दलहरुलाई आहृवान गरेको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रस्ताव सुझावसहित पारित गरेको बैठकले संविधानको भावना अनुसार प्रदेश कमिटी बनाउने निर्णय गरेको छ । बैठकले प्रदेश कमिटीमा रहने नेताहरुको नाम टुंगो लगाउने जिम्मा भने स्थायी कमिटीलाई दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment