+
+
Shares

नवलपरासीमा दुई अर्वको गिटी स्टक, भारतमा निकासी गर्न पाउनुपर्ने माग

रामकुमार श्रेष्ठ रामकुमार श्रेष्ठ
२०७३ वैशाख ३ गते १८:०८

gitti-nawalparasi३ चैत, नवलपरासी । नवलपरासीका क्रसर व्यवसायीहरुले आफूहरुसँग स्टक रहेको गिटी लगायतका निर्माण सामाग्री भारत निकासी गर्न पाउनु पर्ने माग गरेका छन् ।

शुक्रबार नवलपरासीको दुम्किबासमा पत्रकार सम्मेलन गरी व्यवसायीहरुले नेपालमा खपत हुन नसक्ने गिटीहरु भारत निकासीको व्यवस्था मिलाइदिन सरकारसँग माग गरेका हुन् ।

नवलपरासीको नवलपुर क्षेत्रमा रहेको १३ वटा क्रसर उद्योगहरुमा मात्रै दुई अर्ब रुपैयाँ बराबरको ढुंगा गिटी स्टक रहेको क्रसर व्यवसायी महासंघ नवलपरासीका अध्यक्ष चन्द्रमणि अधिकारीले बताए ।

क्रसर व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष उमेश शेरचनले क्रसर उद्योगमा रहेका गिटी, बालुवा नेपालमै खपत भएपनि ढुंगा कुट्दा निस्केको गिटी र कुटेको गिटी नेपालमा खपत नहुनेभएकोले त्यसलाई भारत निकासी गर्न पाउनु पर्ने माग गरे ।

शेरचनले आफूहरुले नदीजन्य वस्तुको दोहान नगरेको र आफूहरुसँग विक्री नभएर स्टक रहेको सामग्री मात्र भारत पठाउने माग आफुहरुको रहेको उनले बताए ।

जिल्ला अध्यक्ष अधिकारीका अनुसार नवलपरासीको नवलपुर क्षेत्रमा रहेको १३ वटा क्रसर उद्योग मध्ये दुई वटा क्रसर उद्योग भारतमा गिटी निकासी गर्न नपाउँदा बैंकको ऋण तिर्न नसकी बन्द भएको छ।

नवलपरासीमा यस आर्थिक बर्षमा कुनै पनि खोलामा नदीजन्य वस्तुको निकासीका लागि ठेक्का लागेको छैन जसले गर्दा आफूहरुसँग यतिका सामग्री स्टक रहेको क्रसर व्यवसायी महासंघका केन्द्रीय सदस्य संजय गोविन्द श्रेष्ठले बताए ।

सरकारले दुई बर्ष अघि नदीजन्य वस्तु भारत निकासी गर्दा नदीजन्य वस्तुको दोहन भएको, कवाडीको भाउमा भारतमा नदीजन्य वस्तुको निकासी भएको, दोहनका कारण वातावरणमा समेत असर गरेको भन्दै प्रतिबन्ध लगाएको थियो । तर व्यवसायीले भारत निकासी गर्ने भनेरै उद्योग दर्ता गरेको तर निकासी बन्द भएपछि उद्योगहरु घरासायी बन्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?