Comments Add Comment

यी महोदय युवा संघका नेता हुन् कि होइनन् ?

नक्कली कलाकार प्रकरणले युवा संघमा हलचल

५ वैशाख, काठमाडौं । तस्वीरमा देखिएका महानुभावलाई चिन्नुहुन्छ ? यी हुन्  युवा संघका नेता महेश गिरी । युवा संघको उपाध्यक्ष भएका बेला निरु पाल गिरीकै निम्ताेमा युएई गएकी थिइन् ।

-Mahes-giriविगतमा नेपालबाट कार्यकर्ताहरुको निम्तो मान्न युएई पुगेकी एमाले नेतृ निरू पालसँग मायाको चिनो आदान-प्रदान गर्ने यिनै महेश गिरी यतिबेला नक्कली कलाकारका रुपमा नेपाली चेलीलाई युएई पुर्‍याइएको घटनामा मुछिएका छन् ।

हाल युएईमा बस्दै आएका एमाले समर्थक प्रवासी युवा नेता समिम खानले हालै आयोजना गरेको सांस्कृतिक कार्यक्रममा नेपालबाट १० जनालाई लगिएको थियो । तीमध्ये ४ जनामात्रै कलाकार थिए, बाँकी नक्कली थिए ।

दशमध्ये एकजना आयोजककै आफन्त थिइन् । बाँकी ५ जना गैर कलाकार युवतीलाई डेढ लाखसम्म रकम लिएर नक्कली कलाकार बनाई युएई पुर्‍याइएको थियो ।

उनीहरु त्यहाँ बिजोग भएपछि  न्याय माग्न नेपाली दूतावासको सम्पर्कमा पुगेपछि युवा संघका नाममा भएको अपराध कर्म बाहिर आएको थियो ।

यो घटनाबारे एनआएनका धरम केसीको नेतृत्वमा गठित समितिलाई दिएको वयानमा महेश गिरीले आफू दूतावासको स्वयंसेवक रहेको र ती व्यक्तिहरुको भिसाका लागि आफूले सिफारिससम्म गरिदिएको स्वीकार गरेका छन् ।

यो पनि पढ्नुहोस्- एमाले युवा संघका नाममा युएईमा मानव तस्करी

छानविन समिति बनाइने

यसैवीच युवा संघले युएई काण्डबारे छानविन समिति बनाउने भएको छ । छानविनबाट दोषी देखिए जोकसैलाई कारवाही गरिने युवा संघले जनाएको छ ।

‘अहिलेसम्म विदेशमा युवा संघको शाखा खोल्ने हाम्रो विधानमा कुनै व्यवस्था छैन,’ युवा संघ नेपालका विदेश विभाग प्रमुख सन्तोष रावलले अनलाइनखबरसँग भने, ‘यदि कसैले हाम्रो संगठनको ब्यानरलाई गलत तरिकाले प्रयोग गरेको पाइएमा उनीहरुमाथि कारवाही हुन्छ ।’

युवा संघका कोही पनि नेतालाई विदेशमा निम्तो आउँदा उनीहरु जानु र त्यहाँ युवा संघको झण्डा वा लोगो प्रयोग गरिनु सामान्य रहेको रावलले बताए । निरु पाल पनि दुबई जानु स्वाभाविक भएको उनले बताए । तर, कसैले संगठनलाई बदनाम गराउन कुनै फौजदारी अपराधजन्य गतिविधि गरेको भए उनीहरुलाई नछाडिने रावलले अनलाइनखबरलाई बताए ।

युईए घटनाबारे छानविन कमिटी गठनको तयारी भइरहेको उनले बताए । साथै महेश गिरी नेपालमा रहँदा युवा संघको सक्रिय नेता रहेको र उनी असल व्यक्ति रहेको रावलले दाबीसमेत गरे ।

पीडित भनिएका केही फर्किए, केहीले जागिर पाइसकेः समिम

यसैवीच नक्कली कलाकार बनाएर नेपाली युवतीलाई दुबई पुर्‍याउन मञ्चन गरिएको सांस्कृतिक कार्यक्रमका आयोजक  समिम खानले पीडित भनिएका युवतीहरु युइएई छाडेर गइसकेको र केहीले जागिर पाइसकेको स्पष्टीकरण दिएका छन् ।

खानले स्वच्छ भावनाले कार्यक्रम आयोजना गरेको र राजदूतलाई कुनै धम्की नदिएको बताएका छन् । गैरकलाकारलाई दुबई ल्याउँदा कसैले पैसा लिएको भए सो पैसा फिर्ता हुनुपर्ने खानले बताएका छन् ।

एमालेको प्रवासी युवा संघमा आवद्ध खानले पठाएको इमेलमा भनिएको छ- “पीडित भनिएका महिलाहरु कार्यक्रमको लागि आएको भिषाबाट युएई छोडेर गहिसकेको सबैमा जानकारी गराउन चाहन्छु । साथै एक्जिट भएर फेरि दुबईमा जागिर खोजिरहेका तथा केहीले पाइसकेका र एनआरएनसहित युएईमा रहेका आफुलाई समाजसेवी भन्दै हप्ता उठाउने डनहरुले नै संरक्षणमा राखेर पैसा फिर्ता गराइदिने आश्वासन दिँदै मानब तस्करीको नाममा राजनीतिकरण गरेको र कुनै ब्यक्ति बिशेषको आफ्नो पुरानो दुस्मनी निकाल्न एनआरएनए युएईको साथ लिएको हुनाले उनीहसँग मेरो कुनै लेनदेन पनि नभएको यसै बिज्ञप्ति मार्फत पुन जानकारी गराउन चाहन्छु । यदि पैसा दिएर आएको हो  भने कसलाई किन र कति रकम दिइएको हो, हामीले स्वच्छ भावनाले गरेको कार्यक्रममार्फत सरोकार व्यक्तिसँग फिर्ता माग्न अनुरोध गर्दै हामीले गर्नुपर्ने सहयोग गर्ने तयार भएको जानकारी गराउँछु।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment