Comments Add Comment

प्रधानमन्त्री ओलीद्वारा नारायणहिटी संग्राहालय अवलोकन

Pm-kp-oli-at-Narayanhiti-2

५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणहिटी दरबार सङ्ग्रहालयको अवलोकन गरेका छन् ।

आइतबार अपराह्न नारायणहिटी संग्रहालय अवलोकनमा गएका प्रधानमन्त्री ओलीले सङ्ग्रहालयभित्र भएका वस्तु ऐतिहासिक सम्पत्ति भएको र त्यसको संरक्षण गर्नुपर्ने बताए ।

उनले सङ्ग्रहालयभित्र रहेका श्रीपेच, विभिन्न जिल्लाका नामाकरण गरेका बैठक कक्ष, तत्कालीन राजाका आसन तथा बैठक कक्षको अवलोकन गरे ।

अवलोकनका क्रममा प्रधानमन्त्री ओलीका साथमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल र सोही मन्त्रालयका सचिव प्रेमकुमार राईलगायत थिए ।

प्रधानमन्त्री ओलीसहितको टोलीलाई सङ्ग्रहालयका उपसचिव रोहित ढुङ्गानाले दरबारका विभिन्न स्थान, राजपरिवारका सदस्यको हत्या भएको स्थान तथा त्यहाँ निर्माण गर्नुपर्ने कुराका बारेमा जानकारी गराए ।

Pm-kp-oli-at-Narayanhiti

Pm-kp-oli-at-Narayanhiti-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment